कञ्चनपुर : नेपाल किसान महासंघ कञ्चनपुरले किसानलाई मलखाद, बीउ बिजन र कृषि उपकरण उपलब्ध गराउन माग गर्दै आज ज्ञापन पत्र बुझाएकाे छ। प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापन पत्र बुझाइएको हो।बुझाएको ज्ञापन पत्रमा पेट्रोलियम पदार्थ र खाना पकाउने ग्याँसको मूल्य वृद्धि फिर्ता लिनु पर्ने माग पनि गरिएको छ।गत कार्तिकमा बेमौसमी वर्षाले क्षति भएको धानबालीको क्षतिपूर्ति दिनुपर्ने, शुक्लाफाँटा आरक्ष पीडित, मुक्त हलिया, मुक्त कमैया परिवारलाई बजेट उपलब्ध गराई रोजगारी दिनुपर्ने,