१४ जना पूर्व प्रहरी महानिरीक्षक (आईजीपी)हरूले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जबाट नहटाउन भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका छन् ।
तत्कालीन सरकारले २०७५ भदौ २१ गते राष्ट्रपति कार्यालयका लागि हेलिप्याडलगायतका भौतिक संरचना बनाउन सो प्रतिष्ठान महाराजगञ्जबाट हटाउने निर्णय गलत भएको भन्दै ज्ञापन पत्र बुझाएका हुन्।
‘राजधानीको केन्द्रमा रहेको सुरक्षा अंग हटाएर हेलिप्याड बनाउने योजना गलत हो। नेपाल प्रहरीका लगभग ८० हजार बहालवाला प्रहरी र लाखौंको संख्यामा रहेका पूर्व प्रहरी कर्मचार...