एक समय अभिनयमा एकछत्र राज गरेका अभिनेता राजेश हमाल लामो समयदेखि फिल्म अभिनय बाहिर छन् । केही अगाडि ‘सत्यम्’ बाट उनले कम ब्याक गर्ने चर्चा चलेको थियो । तर उक्त फिल्म निर्माण तयारीमै रोकियो ।अहिले भने उनको कम ब्याक पक्कापक्की भएको छ । उनले ‘मायाको माया’ नामक फिल्मबाट अभिनयमा कम ब्याक गर्ने भएका हुन् । फिल्मका लागि उनले केही साताको वर्कसप समेत गरिसकेका छन् हमाल अहिले श्रीमतीसहित दुबईमा छन् । एक सांगीतिक कार्यक्रमका लागि उनी त्यहाँ पुगेका हुन् । त्यसबाट फर्किएपछि फ