लघुवित्तले केन्द्रीय कार्यालय स्थानान्तरण गर्न पाउने

७ मंसिर, काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुले काठमाडौं उपत्यकाबाहेकका स्थानमा केन्द्रीय कार्यालय स्थानान्तरण गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले एक पटकका लागि भन्दै लघुवित्तहरुलाई यस्तो छुट दिने बताएको छ । राष्ट्र बैंकले विकट क्षेत्रमा लघुवित्त वित्तीय संस्थाहरुको उपस्थिति बढाउन सहरी क्षेत्रमा केन्द्रीय कार्यालय खोल्न वा स्थानान्तरण गर्न बन्देज लगाएको थियो । मंगलबार ‘घ’ […]

सम्बन्धित सामग्री

आरम्भ चौतारी लघुवित्तको केन्द्रीय कार्यालय स्थानान्तरण

काठमाडौं। आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको केन्द्रीय कार्यालय स्थानान्तरण भएको छ । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० पुलवजारमा रहेको कम्पनीको केन्द्रीय कार्यालय ७०० मिटर पश्चिम बनेपा नगरपालिका–१० स्थित अरनिको राजमार्गदेखि २०० मिटर उत्तरतर्फ स्थानान्तरण भएको हो । संस्थाले मंगलवारदेखि उक्त कार्यालयबाट सेवा प्रदान गर्न शुरू गरेको बताइएको छ । नेपाल राष्ट्र बैंकले संस्थाको केन्द्रीय कार्यालय स्थानान्तरणका लागि गत फागुन २ मा अन्तिम स्वीकृति दिएको संस्थाले जानकारी दिएको छ ।

आरम्भ चौतारी लघुवित्तको केन्द्रीय कार्यालय स्थानान्तरण

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको केन्द्रीय कार्यालय स्थानान्तरण भएको छ । कम्पनीकोे काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा न १० पुलवजारमा रहेको केन्द्रीय कार्यालय ७०० मिटर पश्चिम बनेपा नगरपालिका वडा न १० स्थित अरनिको राजमार्ग देखि २०० मिटर उत्तरतर्फ स्थानान्तरण भएको हो ।  कम्पनीले फागुन ८ गतेदेखि उक्त कार्यालयबाट सेवा प्रदान गर्न सुरु गरेको नेप्से मार्फत जनाएको छ ।   नेपाल राष्ट्र बैंकले संस्थाको केन्द्रीय कार्यालय स्थानान्तरणका लागि गत फागुन २ गते अन्तिम स्विकृती दिएको थियो ।

लुम्बिनी विकास बैंकको शाखा कार्यालय स्थानान्तरण

लुम्बिनी विकास बैंकले ग्राहकलाई सहजताका लागि सुनसरीको इनरुवा शाखा कार्यालयको शाखा स्थानान्तरण गरेको छ ।साबिकको इनरुवा शाखा भन्दा करिब १०० मिटर दक्षिणतर्फ रहेको नयाँ भवनमा शाखा स्थानान्तरण गरेको बैंकले जनाएको छ । उक्त शाखा इनरुवा नगरपालिका–१, देवानगन्ज रोडस्थित गोलचोकमा स्थानान्तरण भएको छ ।सो शाखा कार्यालयको इनरुवा नगरपालिकाका मेयर केदार भण्डारीले उद्घाटन गरेका छन् ।

गरिमा क्यापिटलको कार्यालय स्थानान्तरण

गरिमा क्यापिटल (साविक केसीएल अस्ट्युट क्यापिटल) को कार्यालय काठमाडौँ–१, कमलपोखरीमा स्थानान्तण भएको छ ।

जाल्पा सामुदायिक लघुवित्तको केन्द्रीय कार्यालय स्थानान्तरण

वैशाख २१, काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय स्थानान्तरण हुने भएको छ । कम्पनीले नेपाल राष्ट्र बैंकबाट गत वैशाख १३ गते केन्द्रीय  कार्यालय स्थानान्तरण गर्न स्वीकृति  पाएको  हो । कम्पनीको  केन्द्रीय कार्यालय यसअघि कास्कीको पोखरा  महानगरपालिका-  ८ सिमलचौरमा रहेकोमा वैशाख २५ गतेदेखि रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका वडा नं ११ कालिकानगरमा स्थानान्तरण हुन लागेको हो ।

सानिमा जनरल इन्स्योरेन्सको प्रधान कार्यालय स्थानान्तरण

चैत २८, काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनीको प्रधान कार्यालय स्थानान्तरण भएको छ । साविकको प्रधान कार्यालय  कामनपा १ कमलादी, काठमाडौंमा रहेकोमा  काठमाडौं जिल्लाको कामनपा वडा नं ५ टंगाल मार्गमा स्थानान्तरण भएको कम्पनीले बताएको छ । कम्पनीको बीमा व्वसायमा भएको वृद्धिका कारण दैनिक प्रशासनिक तथा जनशक्ति व्यवस्थापनमा कठिनाई उत्पन्न भई सोही स्थानबाट दैनिक प्रशासनिक कारोबार सञ्चालन गर्न असहज भएकाले प्रधान कार्यालय स्थानान्तरण गरेको कम्पनीले बताएको छ ।

कामना सेवा विकास बैंकको शाखा कार्यालय दुलेगौडामा स्थानान्तरण

कामना सेवा विकास बैंक लिमिटेडको शाखा कार्यालय दुलेगौंडा स्थानान्तरण गरिएको छ । तनहुँ जिल्ला शुक्लागण्डकी नगरपालिका वडा नं.८ ढोर फिर्दीको शाखा कार्यालय आइतबार दुलेगौडा वडा नं. ४ मा स्थानान्तरण गरिएको हो ।ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै शाखा स्थानान्तरण गरिएको बैंकले जनाएको छ । बैंकका सञ्चालक चतुराखर अधिकारी, देवकृष्ण काफ्ले र बलराम बरालले संयुक्त रुपमा उद्घाटन गरि सेवा सुरु गरिएको छ । यस बैंकले सामाजिक सञ्जाल बैंकिङ, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, एसएमएस बैंकिङ जस्ता विभिन्न डिजिटल माध्

समता घरेलु लघुवित्तको केन्द्रीय कार्यालय स्थानान्तरण

भदौ २२, काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय स्थानान्तरण भएको छ । केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका वडा नं ८ मा रहेकोमा बनेपा नगरपालिका - ७ मा स्थानान्तरण भएको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।

बेष्ट फाइनान्सको शाखा स्थानान्तरण

बेष्ट फाइनान्स कम्पनीले काठमाडौं महानगरपालिका–२२ मा रहेको न्युरोड शाखा कार्यालयलाई स्थानान्तरण गरेको छ । फाइनान्सले सोही वडाको न्युरोड पिपलबोट स्थित रमा गृह भवनमा उक्त शाखा स्थानान्तरण गरी कार्यालय सञ्चालन गरेको हो । नयाँ शाखा कार्यालयको सञ्चालक समितिका सञ्चालक सुशीला खनाल तथा नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष महेन्द्ररत्न शाक्यले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।कार्यक्रममा न्युरोड […]

ज्योति विकास बैंकको केन्द्रीय कार्यालय स्थानान्तरण

असार ९, काठमाडौं ।  ज्योति विकास बैंकले केन्द्रीय कार्यालय स्थानान्तरण गरेको छ । कामपा वडा नं २८ स्थित कमलादीमा रहेको केन्द्रीय कार्यालय उक्त स्थानबाट करीब ३०० मिटरको दुरीमा कामपा वडा नं १ कमलपोखरीस्थित नयाँ भवनमा स्थानान्तरण भएको हो । उक्त केन्द्रीय कार्यालय स्थानान्तरणको लागि नेपाल राष्ट्र बैंकबाट वैशाख ८ गते अन्तिम स्वीकृती दिएको थियो ।  कम्पनीले गत असार ७ गते कम्पनी रजिष्ट्रारको कार्यालयबाट ठेगाना परिवर्तन हुने गरी प्रबन्धपत्र तथा नियमावलीमा अभिलेख भएकाले स्थानान्तरण भई मंगलवारदेखि पूर्णरुपमा सञ्चालनमा आएको बताएको छ ।