लुम्बिनी विकास बैंकको शाखा कार्यालय स्थानान्तरण

लुम्बिनी विकास बैंकले ग्राहकलाई सहजताका लागि सुनसरीको इनरुवा शाखा कार्यालयको शाखा स्थानान्तरण गरेको छ ।साबिकको इनरुवा शाखा भन्दा करिब १०० मिटर दक्षिणतर्फ रहेको नयाँ भवनमा शाखा स्थानान्तरण गरेको बैंकले जनाएको छ । उक्त शाखा इनरुवा नगरपालिका–१, देवानगन्ज रोडस्थित गोलचोकमा स्थानान्तरण भएको छ ।सो शाखा कार्यालयको इनरुवा नगरपालिकाका मेयर केदार भण्डारीले उद्घाटन गरेका छन् ।

सम्बन्धित सामग्री

लुम्बिनी विकास बैंकद्वारा विद्यालयलार्ई प्रिन्टर सहयोग

काठमाडौं। लुम्बिनी विकास बैंक लिमिटेड देवीघाट शाखाले नुवाकोटको विदुर नगरपालिका–५ स्थित चन्द्रज्योति माध्यमिक विद्यालयलाई एक थान प्रिन्टर सहयोग गरेको छ । शाखाका प्रमुख रमेशकुमार नेपालले बैंकको वर्तमान अवस्था तथा भावी योजनाका बारेमा धारणा राखेका थिए । विद्यालयका प्रधानाध्यापक वासुदेव पनेरुले बैंकलाई सहयोगका लागि धन्यवाद दिएका थिए । बैंकले हाल देशका सातओटै प्रदेशका ८९ शाखा कार्यालय तथा एक एक्स्टेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ ।

लुम्बिनी विकास बैंकका थप दुई शाखा र एक एक्सटेन्सन काउन्टर उद्घाटन

लुम्बिनी विकास बैंक लिमिटेडले थप दुई वटा शाखा कार्यालय र एउटा एक्सटेन्सन काउण्टरको उद्घाटन गरेको छ। बैंकले ८७औँ शाखाका रुपमा ललितपुरको महालक्ष्मी नगरपालिका– स्थित इमाडोलमा  र ८८औँ शाखाको रुपमा भक्तपुरको भक्तपुर...

डिम्याट खाताको वार्षिक शुल्क बुझाउन मुक्तिनाथ क्यापिटलको आग्रह

काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडले आफ्ना सेवाग्राहीलाई डिम्याट खाता नवीकरण शुल्क बुझाउन आग्रह गरेको छ । मुक्तिनाथ विकास बैंक लिमिटेड र लुम्बिनी विकास बैंक लिमिटेडका शाखा कार्यालय मार्फत डिम्याट खाता खोलेका क्यापिटलका सेवाग्राहीलाई आर्थिक वर्ष २०७७÷२०७८ सम्म डिम्याट सञ्चालन गरेवापत वार्षिक शुल्क १०० बुझाउन अनुरोध गरेको हो ।सेवाग्राहीले असार मसान्त भित्र ई सेवा, खल्ती, आईएमई पे र कनेक्ट आईपीएस मार्फत उक्त शुल्क बुझाउन सक्नेछन् । तोकिएको समयावधि असार मसान्तभित्र वार्षिक शुल्क भुक्त

लुम्बिनी विकास बैंकको शाखा देवीघाटमा स्थान्तरण

लुम्बिनी विकास बैंक लिमिटेडको नुवाकोट जिल्ला, खड्गभन्ज्याङ्ग गाविसमा अवस्थित शाखा बिदुर नगरपालिका, देवीघाटमा स्थानान्तरण गरिएको छ। ग्राहकलाईसरल बैंकिङ्ग कारोबार गर्न सुबिधा मिलोस भन्ने हेतुले भौतिक पुर्वाधारयुक्त रहेको देविघाटमा शाखा कार्यालय स्थानान्तरण गरिएको बैंकले जानकारी दिएको छ। लुम्बिनी विकास बैंक लिमिटेडले आप्mना शाखा कार्यालयहरुवाट विभिन्न प्रकारका निक्षेप तथा कर्जा सुविधाका साथै लकर लगायतका बैंकिङ्ग सेवा सुबिधाहरु…