तानसेन नगरपालिका र बुटवल उपमहानगरबीच अनुभव साटासाट
तानसेन नगरपालिका र बुटवल उप–महानगरपालिकाबीच अनुभव आदानप्रदान गरिएको छ । दुवै पालिकाले आ–आफ्ना पालिकाले गरेका गतिविधि, भोग्नु परेका समस्या र अनुभव साटासाट गरेका हुन् ।
१७ चैत, काठमाडौं । पाल्पामा हावाहुरीले रुख ढाल्दा च्यापिएर स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ । एकजना घाइते छन् । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तानसेन नगरपालिका वडा नम्बर ८ जरेपिपलमा रुखले च्याप्दा तानसेन नगरपालिका–५ कैलाशनगर बस्ने १९ वर्षीय भुवन दर्लामीको मृत्यु भएको हो । प्रहरीले उद्धार गरी उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा पठाएकोमा […]
डेंगु संक्रमणबाट पाल्पामा एक महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ।
तानसेन नगरपालिका वडा नं ६ बर्तुङकी ६९ वर्षीया महिलाको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा आइतबार मृत्यु भएको हो।...
पाल्पाको तानसेन नगरपालिका–९ को वडाध्यक्षमा नेकपा एमालेका राजेशकुमार अर्याल निर्वाचित भएका छन्। अर्याल ३२२ मतान्तरसहित वडाध्यक्षमा निर्वाचित भएका हुन्। उनी नेपाल पत्रकार महासंघ पाल्पाका पूर्वअध्यक्षसमेत हुन्।
अर्यालले ८५९ मत ल्याउँदा उनका...
पाल्पा । सरकारले आधारभूत तहमा लागु गरेको स्थानीय पाठ्यक्रमलाई पाल्पाको तानसेन नगरपालिकाले पनि लागु गर्ने तयारी गरेको छ । विभिन्न क्षेत्रका विज्ञ सम्मिलित टोलीले तयार गरेको आधारभूत तह (कक्षा १–८) को स्थानीय पाठ्यक्रम सार्वजनिक गर्दै नगरपालिकाले यो पाठ्यक्रम लागु गर्ने जनाएको हो । स्थानीय भाषा, संस्कृति, सीप, प्रविधि तथा ज्ञानलाई समेटेर नगरपालिकाले ‘पुर्खाको नासो हाम्रो […]
अविरल वर्षाका कारण पहिरोले घर पुरिँदा पाल्पामा एक बालिकाको मृत्यु भएको छ। तानसेन नगरपालिका–कैलाश नगरमा पहिरोले घर पुरिँदा १० वर्षीया नैना दर्जीको ज्यान भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डिएसपी रामेश्वर...
पाल्पा : तानसेन नगरपालिका–७ सालघारीमा गाडी दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। जसमध्ये चारजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।काठमाडौंबाट तानसेन नगरपालिका–७ कुन्सरेतर्फ जाँदै गरेको लु १ ज २९९२ नम्बरको विङ्गर गाडी प्रभास–सराई भित्रि सडकखण्डअन्तर्गत सालघारीमा सोमबार बिहान पौने १० बजे दुर्घटना भएको हो।घाइते हुनेमा तानसेन नगरपालिका–७ कुन्सरेका २९ वर्षीय नरबहादुर कुमाल, सोही ठाउँका २८ वर्षीय बिक्रम गैरे, ४३ वर्षीय प्रेमबहादुर बाकवल, ३२ वर्षीय हुमबहादुर सारु, ३३ वर्षी
महानगरीय अपराध महाशाखाको टोलीले गुणस्तरहीन ह्याण्ड स्यानिटाइजर उत्पादन तथा बिक्री वितरण गर्ने पाल्पा तानसेन नगरपालिका १ का २३ वर्षीय दुर्गा भट्टराईलाई सोमबार पक्राउ गरेको हो।
पाल्पा : तानसेन नगरपालिका–४ का वडाध्यक्ष राजेन्द्रमुनि शाक्यको सोमबार निधन भएको छ।मिर्गौलाका रोगबाट ग्रसित उनको रूपन्देहीको बुटवलस्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा उपचार क्रममा निधन भएको वडासदस्य गणेश थापाले बताए।६० वर्षीय शाक्यले लामो समयदेखि मिर्गौलाको डायलासिस गराउँदै आएका थिए। उनको मंगलबार परम्पराअनुसार रामनदी धाममा दाहसंस्कार गरिने थापाले बताए। शाक्यका श्रीमती, एक छोरा र एक छोरी छन्। स्थानीय तहको निर्वाचनमा उनी नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।