पाल्पाको तानसेन नगरपालिका–९ को वडाध्यक्षमा नेकपा एमालेका राजेशकुमार अर्याल निर्वाचित भएका छन्। अर्याल ३२२ मतान्तरसहित वडाध्यक्षमा निर्वाचित भएका हुन्। उनी नेपाल पत्रकार महासंघ पाल्पाका पूर्वअध्यक्षसमेत हुन्।
अर्यालले ८५९ मत ल्याउँदा उनका...
९ मंसिर, संखुवासभा । संखुवासभाको प्रदेशसभा (२) बाट नेकपा एमालेका विदुर कुमार लिंथेप निर्वाचित भएका छन् । लिंथेपले १५ हजार ४ सय ८२ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एकिकृत समाजवादी पार्टीकी सरिता खड्काले १५ हजार २ सय ४२ मत ल्याइन् । एमालेका लिंथेप २ सय ४० मतान्तरले निर्वाचित भएका हुन् […]
पर्वत : पर्वतमा प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका पदम गिरी निर्वाचित भएका छन् ।निकटम प्रतिद्वन्दी कांग्रेसका अर्जुन जोशीलाई दुई हजार २६३ मतान्तरले पराजित गर्दै गिरी निर्वाचित भएका हुन्।एमालेका गिरीले २९ हजार ८७२ मत ल्याए। कांग्रेसका जोशीले २७ हजार ६०९ मत पाए।
२८ जेठ, भक्तपुर । भक्तपुर जिल्ला समन्वय समितिको प्रमुखमा नेकपा एमालेका ईश्वर थापा निर्वाचित भएका छन् । नेपाली कांग्रेस नेतृत्वको गठबन्धन र एमालेका उम्मेदवारले समान ३/३ मत ल्याए पछि गोलाप्रथा गर्दा थापा प्रमुखमा निर्वाचित भएका हुन् । उपप्रमुखमा भने कांग्रेसकी सुजाता बादे निर्वाचित भइन् । उनले पनि गोला प्रथाबाटै जितेकी हुन् । ८ मत रहेको […]
हेटौंडा – हेटौंडा उपमहानगरपालिकाको कार्यपालिका सदस्यमा नेकपा एमालेका सदस्य निर्वाचित भएका छन्। आइतबार भएको निर्वाचनबाट एमालेका ८ जना सदस्य निर्वाचित भएका छन्। महिला अल्पसंख्यक तथा दलितमा एमालेका उम्मेदवार निर्वाचित भएका हुन्। महिलातर्फ पातलीमाया गोङ्बा, ईश्वरी विश्वकर्मा, रुक्मिणी स्याङ्तान, मञ्जु भुर्तेल र साधना श्रेष्ठ निर्वाचित भएका हुँदा दलित तथा अल्पसंख्यकतर्फ वीरबहादुर विश्वकर्मा, शंकर राई र अर्जुनबहादुर […]
हेटौंडा उपमहानगरपालिकाको कार्यपालिका सदस्यमा नेकपा एमालेका सदस्य निर्वाचित भएका छन् । आइतबार भएको निर्वाचनबाट एमालेका ८ जना सदस्य निर्वाचित भएका छन् ।महिला अल्पसंख्यक तथा दलितमा एमालेका उम्मेदवार निर्वाचित भएका हुन् । महिलातर्फ पातलीमाया गोङ्बा, ईश्वरी विश्वकर्मा, रुक्मिणी स्याङ्तान, मञ्जु भुर्तेल र साधना श्रेष्ठ निर्वाचित भएका हुँदा दलित तथा अल्पसंख्यकतर्फ वीरबहादुर विश्वकर्मा, शंकर राई र अर्जुनबहादुर राई निर्वाचित भएका हुन् । ९७ जना मतदातामध्ये एमालेका उम्मेदवारले ५० मत पाएका थिए भने गठबन्धनका
काठमाडौं महानगरपालिका वडा नम्बर ३२ को वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । एमालेका नवराज पराजुली ५ हजार २२५ मतसहित निर्वाचित भएका हुन् ।उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका सितादेवी पराजुली कँडेलले ३१०८ मत प्राप्त गरेकी छन् । त्यसैगरी ३२ को महिला वडासदस्यमा पनि एमालेकै हिरादेवी पोखरेल निर्वाचित भएकी छन् ।सीता विसुंखे दलित महिला सदस्यतर्फ निर्वाचित भएकी छन् । त्यसैगरी दुई खुला वडा सदस्यमा भगवान बुढाथोकी र हरिबहादुर बस्नेत निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।