नेपाल नगरपालिका सङ्घले २९३ वटै नगरपालिकालाई समृद्ध बनाउने गरी पाँचवर्षे रणनीतिक योजना कार्यान्वयनमा ल्याएको छ । उक्त रणनीतिकअन्तर्गत छवटा महानगरपालिका, ११ उपमहानगर र २७६ वटा नगरपालिकाको भूगोल, स्थानीय आवश्यकता र औचित्यका आधारमा योजना बैङ्क बनाई वित्तीय सङ्घीयता कार्यान्वयन गर्न रणनीतिक योजना कार्यान्वयनमा ल्याइएको हो ।
चालूू आर्थिक वर्षबाट सुुरु गरिएको रणनीतिक योजना कोरोना भाइरसका कारण यस वर्ष केही सुस्त भए पनि आगामी चार वर्षमा व्यवस्थित सहरीकरण, पूर्वाधार निर्माण, जनशक्ति व्यवस्थापन, आर्थिक, सामाजिक रूपान्तरण र नगरपालिकाले स्थानीय स्रोतसाधन आफैँ परिचालन गर्न सक्ने लक्ष्य लिएको सङ्घले जनाएको छ ।