नेपाली साहित्यका विराट प्रतिभा भैरव अर्यालको स्मृतिमा स्थापित पुरस्कारहरू शुक्रवार वितरण गरिएको छ । भैरव पुरस्कार गुठीले राजधानीमा एक कार्यक्रमकाबीच व्यङ्ग्यकार नरनाथ लुँइटेललाई प्रदान गरिएको छ । गुठीका अध्यक्ष समेत रहेका वरिष्ठ साहित्यकार रोचक घिमिरेले पुरस्कार वितरण गरे । पुरस्कारको राशि १ लाख ११ हजार १ सय ११ रुपैयाँ रहेको छ । पहिलोपटक यसै वर्षबाट घोषणा गरिएको भैरव वाङ्मय पुरस्कार संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगलाई प्रदान गरियो । १ लाख १ हजार १ सय ११ रुपैयाँ राशिको यो पुर