रङले बोक्ने विम्ब सामाजिक दृष्टिकोणमा झल्किन्छ । विभिन्न समुदायका विश्वास, पद्धतिहरुमा झल्किन्छन् । जस्तो: हिन्दू समाजले सेतो रङलाई दुःखको विम्ब ठान्छ । क्रिश्चियन धर्म अङ्गाल्नेहरु सेतो रङ विवाह उत्सवमा लगाउँछन् । समाज, समुदायअनुसार रङले बोक्ने फरकफरक अर्थ छ, बुझाइ छ ।