प्रारम्भिक बालविकासदेखि विश्वविद्यालय शिक्षाको नीति, कार्यक्रम र संगठन तर्जुमा गर्न उपप्रधान एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठको अध्यक्षतामा उच्चस्तरीय शिक्षा आयोग गठन भएको छ । मन्त्रिपरिषद्को यही भदौ १९ गतेको बैठकको निर्णयअनुसार आयोग गठन भएको शिक्षा मन्त्रालयका प्रवक्ता एवं आयोगका सदस्यसचिव डा हरि लम्सालले जानकारी दिए। आयोगमा शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी, व्यवस्थापिका–संसद्, महिला बालबालिका, ज्येष्ठ नागरिक तथा…