स्थानीय तहको निर्वाचनको एक कार्यकाल सकिँदा पनि अछामका स्थानीय तहका मुख्य भवन र वडा कार्यालयका भवन बन्न सकेनन् । भवन नहुँदा सेवाप्रवाहमा समस्या भएको छ । स्थानीय तहका प्रत्येक कार्यालयहरू र वडा कार्यालयहरू अहिले पनि भाडाकै घरमा सञ्चालन छन् । न्यायिक समिति, अन्य कार्यालयहरू छुट्टाछुट्टै हुनुपर्ने प्रावधान भए पनि भवन अभावमा गुजाराको भरमा कार्यालय सञ्चालन भएको जनप्रतिनिधिहरू बताउँछन् ।