कोभिड विरुद्धको फाइजर र एनबायोटेकको खोपको पहिलो खेप (लट) बेलायत आइपुगेको छ । गोप्य स्थलमा उक्त खोप राखिएको छ । बेलायतमा अस्पतालको खोप केन्द्रहरुमा वितरणका लागि तयारी गरिएको छ ।
बेलायतले आफ्नो दुई करोड नागरिकका लागि चार करोड डोज आपूर्ति गर्ने सम्झौता गरेको छ । इंग्ल्याण्डको सहायक प्रमुख मेडिकल अधिकृतले पहिलो चरणमा लगाइने खोपले अस्पतालमा भर्ना भएका र मृत्युसँग जुझिरहेका ९९ प्रतिशत बिरामीको कोरोना नियन्त्रणमा आउने दाबी गर्नुभएको छ ।