खोपको असमान वितरणबारे राष्ट्रसंघको महासभामा छलफल

विश्वव्यापी रूपमा खोपको असमान वितरणका बारेमा संयुक्त राष्ट्रसंघको महासभामा कुरा उठेको छ ।  विषेश गरेर अफ्रिकी तथा खोपको पहुँच कम भएका देशका प्रतिनिधिहरूले खोपको समान वितरण हुनुपर्नेमा जोड दिएका हुन् ।  खोपको उपलब्धता सवै देशमा समान तरिकाले नभएमा विश्वमा ठूलो मानवीय सङ्कट उत्पन्न हुन सक्ने चेतावनी पनि विश्व नेताहरुले दिएका छन् । धनी तथा शक्तिशाली र विकसित देशहरूले खोप आफूहरूमा केन्द्रीत गरेको र गरिब तथा अविकसित देशहरूमा खोपको पहुँच निकै कम भएको महासभामा बोल्ने वक्ताहरूले दावी गरेका

सम्बन्धित सामग्री

संयुक्त राष्ट्र सङ्घको महासभामा दिगो विकाससम्बन्धी छलफल शुरु

संयुक्त राष्ट्रसङ्घको महासभामा दिगो विकाससम्बन्धी छलफल शुरु भएको छ । अमेरिकाको न्युयोर्कमा भेला भएका विश्वभरिका नेताहरूले अन्तर्राष्ट्रिय विकास र जलवायु परिवर्तनको सामना गर्ने विषयबारे छलफललाई केन्द्रित गरेका छन् । महासभामा दिगो विकाससम्बन्धी सत्र शुरु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यो सम्मेलनमा सहभागी देशहरूले राष्ट्रसङ्घको दिगो विकास लक्ष्य कसरी हासिल गर्ने भन्नेबारे छलफल गर्नेछन् । यसमा विश्वको भोकमरी र गरिबी कसरी अन्त्य गर्ने, आयस्रोत र शिक्षामा सुधार कसरी हासिल गर्ने जस्ता विषय पर्छन् । स्वच्छ पानी र सरसफाइमा पहु...

परराष्ट्रमन्त्री साउद र राष्ट्रसङ्घका उपमहासचिवबीच भेट, के भयो कुराकानी ?

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन न्यूयोर्क आउनुभएका परराष्ट्रमन्त्री एनपी साउद र राजनीति तथा शान्ति स्थापना मामिलाका लागि राष्ट्रसङ्घीय उपमहासचिव रोजम्यारी डि कार्लोबीच भेटघाट भएको छ । आइतबार सम्पन्न सो भेटको उहाँहरु बीच विश्व शान्ति र सुरक्षाका बारेमा छलफल भएको राष्ट्रसङ्घका लागि नेपाली नियोगले जनाएको छ । साथै शान्ति स्थापनाका लागि खेल्नुपर्ने विभिन्न मुद्दाहरूमा छलफल भएको […]

ह्वावे एपेक डिजिटल इनोभेसन महासभा : डिजिटल एसिया प्यासिफिकका लागि इनोभेसन

काठमाडौं । ह्वावे र एशियन फाउन्डेसनले सञ्चालन गरेको ह्वावे एपेक डिजिटल इनोभेसन महासभामा डिजिटल इनोभेसन र डिजिटल इकोनोमीको भविष्यबारे छलफल भएको छ । महासभामा १ हजार ५०० भन्दा धेरै सरकारी अधिकारी, विशेषज्ञ, अनुसन्धानकर्ता र एसिया-प्यासिफिक क्षेत्रको १० भन्दा बढी देशका विश्लेषकहरूको सहभागिता रहेको थियो । छलफलमा आईसीटीमा जारी प्रगति, उद्योगहरूमा डिजिटल रूपान्तरणको गति, साथै ग्रीन […]

राष्ट्रसंघकाे महासभामा सहभागी भएर फर्किए परराष्ट्रमन्त्री खड्का

परराष्ट्रमन्त्री नारायण खड्का संयुक्त राष्ट्र संघकाे ७६ औं महासभामा सहभागी भएर स्वदेश फर्किएका छन् । महासभामा काेभिड–१९, दिगाे विकास, पृथ्वीकाे आधारभूत आवश्यकता, मानव अधिकारकाे रक्षाबारे छलफल भएकाे बताए ।

संयुक्त राष्ट्रसंघको महासभामा कोरोनाविरुद्ध खोपको वितरणबारे छलफल

विश्वव्यापी रूपमा खोपको असमान वितरणका बारेमा संयुक्त राष्ट्रसंघको महासभामा कुरा उठेको छ। अफ्रिकी तथा खोपको पहुँच कम भएका देशका प्रतिनिधिहरूले खोपको समान वितरण हुनुपर्नेमा जोड दिएका हुन्।

कोभिड खोपको विश्वव्यापी उपलब्धताबारे राष्ट्रसंघीय महासभामा बैठक हुने

संयुक्त राष्ट्रसंघले कोभिड १९ का विरुद्धको खोपका विषयमा एक अलग्गै बैठक गर्ने भएको छ । सो बैठकमा विश्वमा आगामी वर्ष सन् २०२२ मा विश्वमा कोभिड खोपको उपलब्धताका विषयमा छलफल हुने भएको छ । हाल संयुक्त राष्ट्रसंघीय मुख्यालयमा जारी रहेको ७६ औँ महासभाका अध्यक्ष अब्दुल्लाह साहिदले सो कुरा बताएका हुन् । उनले भनेका छन्, ‘संयुक्त राष्ट्रसंघको जारी महासभामा एक बैठक कोभिडका विरुद्धको खोपका विषयमा नै बस्नेछ र यसले आगामी वर्ष सन् २०२२ मा विश्वका नागरिकलाई कोभिड विरुद्धको खोपको सर्वसुलभ उपलब्धताको विष

संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्न दिन तालिबानको आग्रह

तालिबानले यो हप्ता न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभामा आफूलाई सम्बोधन गर्न दिन आग्रह गरेको छ। विश्वका नेताहरुलाई महासभामार्फत सम्बोधन गर्न चाहेको तालिबानले बताएको हो। अफगानिस्तानको सत्तामा रहेको तालिबानका विदेशमन्त्रीले सोमबार पत्र पठाएर सम्बोधनका लागि अवसर दिन आग्रह गरेका हुन्। संयुक्त राष्ट्रसंघको एक समितिले त्यसमाथि छलफल गर्ने छ। तालिबानले दोहामा रहेका आफ्ना प्रवक्ता शुहेल शहीनलाई संयुक्त […]

राष्ट्रसंघीय महासभामा आजदेखि उच्चस्तरीय छलफल, मानवअधिकारदेखि खोपसम्मका एजेन्डा

आजदेखि राष्ट्रसंघको जारी ७६ औं महासभामा उच्चस्तरीय छलफल सुरु हुँदैछ । न्यूयोर्कस्थित मुख्यालयमा १०० भन्दा बढी विश्व नेताहरुले छलफलमा भाग लिँदै छन् । राष्ट्रसंघको सबैभन्दा महत्वपूर्ण र उच्चस्तरीय सम्मेलन मानिने भेला आजदेखि सुरु हुनेछ र आगामी नौ दिनसम्म विश्वको ध्यान यसतर्फ केन्द्रीत हुनेछ ।

संयुक्त राष्ट्रसंघको ७६औँ महासभामा उच्चस्तरीय छलफल हुँदै

न्युयोर्क । संयुक्त राष्ट्रसंघको ७६औँ महासभामा मंगलबार (आज)देखि उच्चस्तरीय छलफल हुँदै छ । न्युयोर्कको समयानुसार बिहान ९ बजेदेखि सुरु हुने उच्चस्तरीय छलफल एक सातासम्म चल्नेछ । हाइब्रिड (भर्चुअल र भौतिक उपस्थितिमा चल्ने) महासभामा सदस्य राष्ट्र र सरकारका प्रमुखहरूले सम्बोधन गर्नेछन् । संयुक्त राष्ट्रसंघमा १९३ सदस्य राष्ट्रहरू छन् । महासभामा अमेरिकी राष्ट्रपति जो...