पाल्पामा बन्दको प्रभाव: सवारीसाधन ठप्प,७ जना प्रदर्शनकारी पक्राउ

कविराज नेपाल, पाल्पा ।  पाल्पामा सात जना बन्द आह्वान कर्तालाई प्रहरीले गिरफ्तार गरेको छ । राष्ट्रिय जनमोर्चा, नेकपा क्रान्तिकारी माओवादी र नेकपाका ७ जना नेता तथा कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको हो । राष्ट्रिय जनमोर्चा पाल्पाका अध्यक्ष विशाल दर्लामी, कोषाध्यक्ष टिकाराम पौडेल, नेपाल कम्युनिस्ट पार्टीका पाल्पा सचिव भुवन जिसी,नेकपा क्रान्तिकारी माओवादी पाल्पाका सचिव लिला जिसी, युवा […]

सम्बन्धित सामग्री

चुनाव बहिष्कारको नारा लाउँदै आयोग पुगेका प्रदर्शनकारी पक्राउ (तस्वीरहरू)

काठमाडौं : चुनाव बहिष्कारको नारासहित निर्वाचन आयोगको कार्यालय अगाडि जुलुस गर्न गएका नेकपा क्रान्तिकारी माओवादी मोहन वैद्यनिकट (जबस) मोर्चाका कार्यकर्ता पक्राउ परेका छन्।प्रदर्शनकारीहरूले भोलि मंसिर ४ गते हुने चुनाव बहिष्कारको माग गर्दै कालो झण्डा देखाएका थिए।कालोझण्डा देखाउने क्रान्तिकारी माओवादीको विद्यार्थी अध्यक्ष हरि कृष्ण गजुरेलसहित  ७ जना कार्यकर्ता पक्राउ परेका छन्।केही तस्वीर झलक :

नागरिकता विधेयक प्रमाणीकरणको माग गर्दै प्रदर्शन गर्नेहरु पक्राउ

२७ भदौ, काठमाडौं । नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरणको माग गर्दै माइतीघरमा प्रदर्शन गरेका प्रदर्शनकारी पक्राउ परेका छन् । नेकपा एकीकृत समाजवादीको भ्रातृ संगठन लोकतान्त्रिक मधेशी संगठनको अगुवाइमा भएको प्रदर्शनमा बल प्रयोग गरी प्रहरीले अध्यक्ष देव शर्मासहित ४ जनालाई नियन्त्रणमा लिएको छ । आफूहरुले प्रदर्शन सुरु गरेपछि प्रहरीले सल्लाह गर्नुछ भन्दै सिंहदरबार प्रहरी वृत्तमा ल्याएको अध्यक्ष […]

सुर्खेतमा कर्फ्यु उल्लंघन गर्दै प्रदर्शन, दुई दर्जन प्रदर्शनकारी पक्राउ

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरमा एमसीसी विरुद्धको प्रदर्शन भड्किएपछि लगाइएको कर्फ्यु तोड्दै आज पनि प्रदर्शन भएको छ । प्रदर्शनकारी र प्रहरीबीच आज बिहान झडप हुँदा प्रहरी निरीक्षकसहित डेढ दर्जन प्रहरी घाइते भएका छन् भने प्रहरीले दुई दर्जन प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । घरबाहिर ननिस्कन आग्रह गर्दै माइकिङ गरिरहेका प्रहरीमाथि प्रदर्शनकारीले ढुंगा प्रहार गर्दा प्रहरीहरु घाइते भएका […]

पाल्पामा बन्द गराउँदै हिड्ने सात प्रदर्शनकारी पक्राउ

पक्राउ परेका सबैलाई प्रहरी कार्यालयमा राखेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिनुभयो । बन्दका कारण तानसेनसहित पाल्पाको जनजीवन प्रभावित भएको छ ।

युद्धको विरोध गर्दै रुसमा प्रदर्शन, सयौँ प्रदर्शनकारी गिरफ्तार

काठमाडौँ – रुसले युक्रेनमाथि सैनिक आक्रमण गरेको विरोधमा रुसभित्रै प्रदर्शन भएको छ। रुसको राजधानी मस्को, मुख्य सहर सेन्ट पिटर्सबर्ग लगायत अन्य सहरहरूमा भएको प्रदर्शनका क्रममा अहिलेसम्म १७ सय भन्दा बढी प्रदर्शनकारी पक्राउ परेको बीबीसीले जनाएको छ। रुसले हिजोदेखि युक्रेनमाथि सैन्य आक्रमण थालेपछि रुसभित्रै विरोध प्रदर्शन चर्किएको हो। युक्रेनमाथि आक्रमण गरेको भन्दै पश्चिमा देशहरुलेसमेत विरोध गरिरहेका […]

बानेश्वरबाट १२ जना प्रदर्शनकारी पक्राउ

मिलेनियन च्यालेन्ज कर्पोरेशन (एमसीसी) विरुद्ध प्रदर्शन गर्ने १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । उच्छृङ्खल गतिविधि गर्ने १२ जनालाई काठमाडौंको नयाँ बानेश्वरबाट पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता (एसपी) सन्तोषसिंह राठौरले रातोपाटीलाई बताए ।पक्राउ गरिएका आन्दोलनकारीलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर र गौशालामा राखिएको छ । बिहीबार एमसीसीबारे संसदमा छलफल गर्ने भनिएपनि संसद बैठक स्थगित भएको छ । एमसिसीविरुद्ध प्रदर्शन गर्नेहरु र प्रहरीबीच दिनभर पटक–पटक झडप भएको छ ।

अमेरिकी दूतावास घेराउ गर्ने प्रदर्शनकारी पक्राउ (तस्बिरहरु)

नेपालस्थित अमेरिकी दूतावास अगाडि विरोध प्रदर्शन गर्ने केही प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ। अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एसिया मामिलासम्बन्धी सहायक विदेश मन्त्री डोनाल्ड लु नेपाल भ्रमणमा रहेकाबेला दूतावास...

एमसीसीको विरोध गर्दै विमानस्थल बाहिर पुगेका प्रदर्शनकारी पक्राउ

काठमाडौं : मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर युवाहरुले प्रदर्शन गरेका छन्। एमसीसीका अधिकारीहरु नेपाल आउने भनिएपछि एमसीसीको विरोधमा दिनहुँजसो विभिन्न समूहले प्रदर्शन गर्दै आएका छन्। सरकारले भने परियोजनाको विरोध नगर्न सचेत गराइसकेको छ। विमानस्थल बाहिर प्रदर्शनमा उत्रेका युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

एमसिसीको विरोधमा अमेरिकी दूतावाससामु नाराबाजी गर्ने प्रदर्शनकारी पक्राउ

काठमाडौं :  मोहन वैद्य नेतृत्वको नेकपा (माओवादी क्रान्तिकारी) को विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को विरोधमा सोमबार अमेरिकी दूतावास अगाडि प्रदर्शन गरेको छ।प्रहरीले प्रदर्शनकारी अखिल (क्रान्तिकारी) का नेता, कार्यकर्तालाई नियन्त्रणमा लिएको छ। महाराजगन्जस्थित अमेरिकी दूतावास अगाडी सोमबार दिउँसो एमसिसी राष्ट्रघाती सम्झौता भएकाले खारेज गर्न नाराबाजी गरिरहेका अखिल क्रान्तिकारीका नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो।