तालिबान लडाकूहरूले निमरुज प्रान्तको राजधानी जारान्जलाई कब्जा गरेको दुई दिनभित्र जावजान प्रान्तको राजधानी शेबेरगान समेत शनिवार अपराह्न कब्जा गरेका छन् ।
शेबेरगान शहर अफगान युद्धसरदार राशिद दोस्तमको किल्ला मानिन्थ्यो । दोस्तम टर्कीमा उपचार गराएर अघिल्लो साता काबुल फर्केको बताइन्छ ।
दुईवटा प्रान्तीय राजधानी हात पारिसकेका तालिबान लडाकूहरू देशको उत्तरी भागमा रहेको कुन्दुज प्रान्तको राजधानी कुन्दुजमा शनिवार साँझ प्रवेश गरेका छन् । अहिले अफगान सेनासँग उनीहरूको भीषण भिडन्त भइरहेको छ ।
अमेरिकाले तालिबान विद्रोह...