धनुषामा दुईवटा ट्याक्टर नियन्त्रणमा

काठमाडौं । धनुषामा अवैध बालुवा उत्खनन गरी रहेको अवस्थमा प्रहरीले दुईवटा ट्याक्टर नियन्त्रणमा लिएको छ । मिथिला नगरपालिकास्थित रातो नदीमा अवैध रूपमा उत्खनन गरिरहेको अवस्थामा दुईवटा ट्याक्टर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय ढल्केवरबाट खटेको प्रहरी टोलीले अवैध उत्खनन कार्यमा संलग्न ट्याक्टर नियन्त्रणमा लिएको हो । प्रहरीले अन्य स्थानमासमेत अबैध बालुवा उत्खनन […]