अन्नपूर्ण मिडियाका अध्यक्ष रामेश्वर थापालाई नेपाल नागरिक उड्डयन प्राधिकरणले सोधेको स्पष्टीकरण पदीय अख्तियारीको दुरूपयोग रहेको मिडिया एलाइन्स नेपालको ठहर छ।...
कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग मुलुकका लागि अपरिहार्य संस्था भएको धारणा राख्नुभएको छ । आयोगको इटहरी प्रदेश कार्यालयद्वारा मंगलबार विराटनगरमा आयोजित भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धनसम्बन्धी प्रदेशस्तरीय अन्तक्र्रियामा उहाँले आयोग हामी सबैका लागि खबरदारी गर्ने सम्मानित संस्था भएकाले समय सान्दर्भिकरुपमा यसलाई परिकृत गर्दै लग्नुपर्नेमा भनाइ व्यक्त गर्नुभयो । मुख्यमन्त्री कार्कीले …
काठमाडौं : प्रतिनिधिसभाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक स्वीकृत भएको छ।प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रस्तुत राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको हो।प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त विधेयक प्रस्तुत गरेकी थिइन्।प्रस्तावमाथि सांसदहरूले उठाएका विषयमाथि धारणा राख
सार्वजनिक पद धारण गरेका व्यक्तिले भ्रष्टाचार गरी अख्तियारको दुरुपयोग गरेको सम्बन्धमा अनुसन्धान गरी भ्रष्टाचार नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने संवैधानिक निकायका रूपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्थापना भएको हो ।
आयोगले तत्कालीन...
आयोगले आर्थिक वर्ष २०७९/०८० मा आयोगबाट विशेष अदालतमा दर्ता भएका मुद्दाहरुमा उक्त अदालतबाट भएको फैसला उपर चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएका मुद्दाहरुको सम्बन्धमा ब्रिफ्रिङ गर्दैछ।...
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ । बुधबार आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले राष्ट्रपति भवनमा आयोजित समारोहमा आर्थिक वर्ष २०७८/०७९ को प्रतिवेदन पेस गरेका हुन् । आयोगले नेपालको संविधानको धारा २९४ बमोजिम प्रतिवेदन पेस गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
कर्णाली, ९ मङ्सिरः अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय सुर्खेतको नवनिर्मित भवन उद्घाटन गर्दै ।-तस्बिरः शुरबहादुर सिंह-रासस
काठमाण्डाै – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रतिशोध साँध्ने संस्था बनाएको आरोप लगाउनुभएको छ ।
शनिबार संघीय संसद भवनको लोत्से हलमा बसेको पार्टी संसदीय दलको बैठकमा सभापति देउवाले यस्तो बताउनुभएको हो । उहाँले मनपरी ढंगले अध्यादेश ल्याएर आफ्ना मान्छे नियुक्त गरि विपक्षीप्रति प्रतिशोध साँध्ने मनसायका साथ सरकार अघि बढेको बताउनुभयो ।
उहाँले रिक्त उपसभामुख पदको निर्वाचन नगराइकन सरकारले संवैधानिक प्रक्रिया नै अपुरो राखेको टिप्पणी पनि गर्नुभयो ।
...