नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मानवअधिकारका पक्षमा एमाले अन्यभन्दा एक कदम अघि रहेको बताएका छन् । राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानवअधिकार एलाइन्स)को पाँचौँ राष्ट्रिय महाधिवेशनको आज पोखरामा उद्घाटन गर्दै उनले मानव अधिकार, सामाजिक न्याय आदि क्षेत्रमा पार्टी सबैभन्दा अघि भएको बताए।एमालेले आधुनिक एवं वैज्ञानिक तरिकाले हकअधिकार प्रत्याभूत गर्नेमा विश्वास गर्ने उल्लेख गर्दै उनले पार्टीले कहीँ कसैको गरिबी, अभाव, असुरक्षा नहोस् भन्ने मान्ने र त्यसै