प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै भएको आन्दोलनमा प्रदर्शनमा प्रहरी हस्तक्षेप भएपछि नेपाल बार एसोसिएसन आक्रोशित बनेको छ ।
बारले प्रधानन्यायाधीश जबराविरुद्धको आन्दोलन अझ सशक्त बन्ने बताएको छ ।
सर्वोच्च अदालतमा बिहीवार भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा बार अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित कानून व्यवसायीहरू घाइते भएका थिए ।
सर्वोच्च बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले बारको प्रदर्शनमा हस्तक्षेप प्रधानन्यायाधीशको निभ्न लागेको बत्तीको संज्ञा दिए ।
नेपाल बारका पूर्वअध्यक्ष हरिहर दाहालले बारको आन्...