बेलायतको शाही परिवारको समस्या कम हुने नाम नै लिइरहेको छैन । पछिल्लो घटना महारानी एलिजाबेथका नाती राजकुमार ह्यारीसँग सम्बन्धित छ । ह्यारीले आफ्नो प्रहरी सुरक्षालाई बहाल गर्नुपर्ने माग राखेका छन् । यदि यस्तो नभएको खण्डमा आफूले कानुनी कारवाही पनि गर्ने चेतावनी दिएका छन् । बेलायतको शाही परिवारमा यस्तो पहिलो पटक हुनेछ जब कोही सदस्य सरकारविरुद्ध अदालतमा मुद्दा लड्नेछन् ।प्रहरीको सुरक्षाबिना ससेक्समा आउनु उनका लागि सुरक्षित नभएको उनको ठहर छ । ह्यारीले आफू प्रहरी सुरक्षाको खर्च उठाउन पनि तयार भएको