मानव अधिकारसम्बन्धी राष्ट्रिय सम्मेलन १६ बुँदे काठमाडौं घोषणा पत्र जारी गर्दै सकिएको छ ।
नेपाल बार एशोसिएशन मानव अधिकार तथा जनसरोकार समितिले ७३ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा शुक्रवार मानव अधिकारसम्बन्धी राष्ट्रिय सम्मेलन आयोजना गरेको थियो ।
सम्मेलनले अन्तर्राष्ट्रिय कानूनअन्तर्गतको नेपालको दायित्व तथा संविधानद्वारा प्रदत्त मौलिक हकको प्रभावकारी कार्यान्वयन हुनुपर्ने आवश्यकतामा जोड दिएको छ ।
घोषणापत्रमा न्यायपालिकाभित्रको अनियमितता, भ्रष्टाचार एवम् विचौलिया अन्त्य गर्न आवश्यक कदम चाल्नुपर्ने, न्या...