महिला आश्रय गृहहरुको तीन दिने प्रथम राष्ट्रिय सम्मेलन १७ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । लैंगिक हिंसा प्रभावितहरुलाई आश्रय गृह (सेफ हाउस)मा सेवा र पहुँचको अभिवृद्धि गर्न नीतिगत, कानुनी, संस्थागत, वित्तीय र कार्यक्रमगत व्यवस्था गर्ने संकल्पसहित मंगलबार सम्मेलन समापन भएको हो ।