चालू आर्थिक वर्ष २०७९÷८० को बजेट भाषण गर्दैै जेठ १४ गते तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले चालू आर्थिक वर्षमा ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्ने घोषणा गरेका थिए । कोभिड महामारीबाट भर्खरै तंग्रिन लागेको अर्थतन्त्रको गति थप चलायमान बन्ने कारण देखाउँदै शर्माले उच्च अंकको आर्थिक वृद्धि लक्ष्य लिएका थिए । अर्थविद्हरूले भने बजेटले लिएको लक्ष्य हासिल गर्न मुस्किल देखिने विश्लेषण गर्दै आएका छन् । यहीबीचमा नेपाल राष्ट्र बैंकले शुक्रबार चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्