पाल्पाको रामपुर नगरपालिकाको प्रमुख र उपप्रमुख दुवैमा कांग्रेस विजयी

पाल्पा । पाल्पाको रामपुर नगरपालिकाको प्रमुख र उपप्रमुखमा दुवैमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा नेपाली कांग्रेसका रमणबहादुर थापा निर्वाचित भएका छन् । थापाले १० हजार ४५६ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी नेकपा एमालेका शिव अर्यालले १० हजार ८३ मत पाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र ढकालले १६८ मत प्राप्त गरे । […]

सम्बन्धित सामग्री

फतुवा बिजयपुर नगरपालिका प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी

काठमाडौं : रौतहटको फतुवा बिजयपुर नगरपालिका प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।कांग्रेसका प्रमुख पदका उम्मेदवार गोपाल राय यादव ४ हजार ८ सय ५१ मतसहित विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बिजय यादवले ३ हजार ३ सय ६१ मत प्राप्त गरे।तेस्रो स्थानमा रहेकी जनता समाजवादी पार्टी नेपालकी ममता कुमारीले ३ हजार १ सय ३० मत ल्याइन्। उपप्रमुख पदमा पनि कांग्रेसकै अमवेया खातुन निर्वाचित भइन्। उनले ५ हजार १ सय ६२ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।उनका निकटतम प्र

स्याङ्जाका ११ वटै स्थानीय तहको मतगणना सम्पन्नः कसले कति सिट जिते?

स्याङ्जाः स्याङ्जाका ११ वटै पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ। पाँच नगरपालिका र छ गाउँपालिका रहेको स्याङ्जाका चार नगरपालिका र एक गाउँपालिकामा कांग्रेस तथा चार गाउँपालिका र एक नगरपालिकाको प्रमुखमा एमाले विजयी भएका छन्। पुतलीबजार, गल्याङ, भीरकोट र चापाकोट नगरपालिकाको प्रमुख/उपप्रमुख तथा अर्जुनचौपारी गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको…

डोटीमा सकियो मतगणना : ७ पालिकामा कांग्रेस, एमाले र माओवादी १/१ पालिकामा विजयी

जेठ ४, डोटी । डोटीमा स्थानीय तह निर्वाचन २०७९ को नतिजा सार्वजनिक भइसकेको छ । यसपालिको स्थानीय तहको निर्वाचनमा जिल्लामा नेपाली कांग्रेस पहिलो बनेको छ । जिल्लाका ९ ओटा स्थानीय तहमध्ये नेपाली कांग्रेस सात स्थानीय तहमा विजयी भएको छ भने दुई पालिकामा झिनो मतले पराजित भएको छ ।  पराजित भएको बोगटान फुड्सिल गाउँपालिकाको उपाध्यक्षमा भने नेपाली कांग्रेस विजयी भएको छ । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस तीन पालिकामै सीमित रहेको थियो ।  यसपटक पराजित भएको जोरायल गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार दीपककुमार विष्टले ३७ मतले मात्रै हार बेहोरेका छन् भने बोगटान फुड्सिल गाउँपालिकामा नेपाली कांग्रेसका दिलबहादुर बम १२४ मतले पराजित भएका छन् । उक्त पालिकाको उपाध्यक्षमा भने नेपाली कांग्रेसले जितेको छ । जिल्लाका जम्मा ६५ वडामध्ये नेपाली कांग्रेसले ३९ वडामा जीत हासिल गरेको छ भने नेकपा (एमाले) १९ वडामा विजयी भएको छ ।  नेकपा (माओवादी केन्द्र) चार वडामा विजयी भएको छ भनेसँगै मिलेर चुनाव लडेको नेकपा (एकीकृत समाजवादी) ले एउटा वडामा मात्रै चित्त बुझाउनु परेको छ । एउटा वडामा राष्ट्रिय प्रजातन्त्र पार्टी विजयी भएको छ । केआईसिंह गाउँपालिका–७ मा राप्रपाले जीत हात पारेको हो । यसैगरी दिपायल सिलगढी नगरपालिका–२ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । विसं २०७४ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षमा विजयी भएकामा राजेन्द्र खड्का यसपटक पार्टीबाट टिकट नपाउँदा स्वतन्त्रबाट उठेका थिए । नेपाली कांग्रेसले जितेका पालिका तथा प्रमुख/उपप्रमुख दिपायल सिलगढी नगरपालिका–प्रमुख : बाजिसिं खड्का ‘विजय’,  उपप्रमुख : कल्पना साउद, शिखर नगरपालिका–प्रमुख : दीर्घबहादुर बलायर, उपप्रमुख : सुनिता रावल, पूर्वीचौकी गाउँपालिका–अध्यक्ष : रामप्रसाद उपाध्याय, उपाध्यक्ष : पशुपतिदेवी खड्का, बडिकेदार गाउँपालिका–अध्यक्ष : भैरवबहादुर साउद, उपाध्यक्ष : डम्मरीकुमारी बिष्ट, आदर्श गाउँपालिका– अध्यक्ष : गणेशबहादुर खड्का, उपाध्यक्ष : लक्ष्मी रोकाय, सायल गाउँपालिका–अध्यक्ष : धर्मराज जोशी, उपाध्यक्ष : निर्मला बोहरा ओली, केआईसिंह गाउँपालिका–अध्यक्ष : लोकेन्द्रबहादुर शाही, उपाध्यक्ष : मीनादेवी विष्ट रहेका छन् ।  यसैगरी नेकपा एमालेले जितेको पालिका तथा प्रमुख–उपप्रमुख जोरायल गाउँपालिका–अध्यक्ष : दुर्गादत्त ओझा, उपाध्यक्ष : जमुना बोहरा रहेका छन् भने नेकपा माओवादी केन्द्रले बोगटान फुड्सिल गाउँपालिका–अध्यक्ष : कमल गड्सिला तथा उपाध्यक्षमा विष्ना देउवा बम (नेपाली कांग्रेस) बाट विजयी भएका छन् । रासस

भक्तपुरको मध्यपुरथिमि ५ र ६ मा कांग्रेस विजयी

जेठ ३, भक्तपुर । मध्यपुरथिमि नगरपालिकामा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बीचको गठबन्धनले फराकिलो अग्रता बनाएको छ । मध्यपुरथिमि नगरपालिकाको ९ ओटा वडामध्ये हालसम्म ६ ओटा वडाको मतगणना सकिएको छ । नगरको तीन वडाको मतगणना बाँकी छँदै गठबन्धनले फराकिलो अग्रता बनाएको हो । मध्यपुरथिमिमा कुल खसेको ३१ हजार ४१० मतमध्ये वडा नं १ देखि ६ सम्मको २२ हजार मतगणना भइसकेको छ । अब गणना गर्न बाँकी करीब ११ हजार मत छ । वडा नं ६ सम्मको मतगणनामा गठबन्धनका नगर प्रमुख उम्मेदवार कांग्रेसका सुरेन्द्र श्रेष्ठले तीन हजार ४९८ मतको अग्रता लिएका छन् । उनको ११ हजार ३०५ मत भएको छ भने उनलाई निवर्तमान नगर प्रमुखसमेत भएका नेकपा (एमाले) का मदनसुन्दर श्रेष्ठले सात हजार ८०७ मतका साथ पछ्याइरहेका छन् । त्यस्तै गठबन्धनका उपप्रमुख उम्मेदवार माओवादीका विजयकृष्ण श्रेष्ठले नौ हजार ६५९ मतसहित अग्रता लिएका छन् । उनलाई एमालेका उत्तरा नेपालले छ हजार ४८५ मतले पछ्याइरहेकी छिन् । यसैबीच मध्यपुरथिमि नगरपालिका–५ र ६ मा कांग्रेस र माओवादी केन्द्रबीचको गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गए राति सम्पन्न मतगणनाको परिणामअनुसार मध्यपुरथिमि–५ मा कांग्रेसका बालकृष्ण श्रेष्ठ र वडा नं ६ मा ज्ञानदास प्रजापति वडाध्यक्षमा निर्वाचित भएका छन् । नवनिर्वाचित कांग्रेसका श्रेष्ठले दुई हजार ३६२ मत ल्याए भने उनका निकटम प्रतिद्वन्द्वी एमालेका राधेश्याम प्रजापतिले एक हजार ३९३ मत प्राप्त गरिन् । वडा नं ५ को वडा सदस्यमध्ये महिला सदस्यमा एमालेका कमला प्रजापति एक हजार ५८८, खुला सदस्यमा कांग्रेसका राजभाइ प्रजापति एक हजार ९३० र एमालेका सुरेन्द्र भासिमा एक हजार ९२१ मतका साथ निर्वाचित भए । यहाँ दलित महिला सदस्यमा कांग्रेसका उम्मेदवार निर्विरोध निर्वाचित भएका थिए । त्यस्तै वडा नं ६ मा गठबन्धनको प्यानलै विजयी भएको छ । वडाध्यक्षमा कांग्रेसका ज्ञानदास प्रजापति एक हजार ७२३ मत ल्याइ विजयी भए । उनका निकटम प्रतिद्वन्द्वी एमालेका उम्मेदवारले एक हजार २९ मत ल्याए । वडा सदस्यमा कांग्रेसका अरुणा नकर्मी एक हजार ६४५, रामचन्द्र थापामगर एक हजार ३७०, दलित महिला सदस्यमा सीता विश्वकर्मा एक हजार ७१५ र एक सदस्यमा माओवादीका तुलसीराम प्रजापति एक हजार १६४ मतका साथ निर्वाचित भएका छन् । रासस

रेसुंगा नगरपालिका प्रमुख उपप्रमुखमा कांग्रेस विजयी

गुल्मी जिल्लाको रेसुंगा नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थी निर्वाचित हुनुभएको छ । पन्थीले नगरप्रमुखमा ८ हजार ६१४ मत ल्याएर नगरप्रमुखमा विजयी हुनुभएको हो । उपप्रमुख नेपाली कांग्रेसकै अमृतादेवी कुवँरले ८ हजार ६१९ मत ल्याएर उपप्रमुख विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नगरप्रमुख नेकपा एमालेबाट नगरप्रमुखमा राजेन्द्रप्रसाद पाण्डेयले ७ …

रेसुङ्गा नगरपालिका प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी

गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थी निर्वाचित भएका छन् । पन्थीले नगरप्रमुखमा ८ हजार ६१४ मत ल्याएर नगरप्रमुखमा बिजयी भएका हुन् । उपप्रमुख नेपाली कांग्रेसकै अमृतादेवी कुवँरले ८ हजार १९ मत ल्याएर उपप्रमुख बिजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका राजेन्द्रप्रसाद […] The post रेसुङ्गा नगरपालिका प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक.

धनुषाको नगराइन नगरपालिकामा कांग्रेस विजयी :: Pahilopost.com

जनकपुरधाम: स्थानीय तहअन्तर्गत धनुषा जिल्लाको नगराइन नगरपालिका प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। सो दलका नगर प्रमुखका उम्मेदवार परमेश्वर यादव पाँच हजार २९ र उपप्रमुख उम्मेदवार रञ्जुकुमारी साह चार हजार ८४९ मत प्राप्त गरी विजयी भएका हुन्। निकटतम प्रतिद्वन्द्वी क्रमशः एमालेका रामबाबु पंजियारले चार हजार ७१ मत

सुनसरीको दुई नगरपालिकामा कांग्रेस विजयी - Naya Patrika

सुनसरीको दुर्इ नगरपालिकामा कांग्रेसले विजयी हासिल गरेको छ । सुनसरीको इनरुवा नगरपालिका र रामधुनी नगरपालिकामा नेपाली कांग्रेस बिजयी भएको हो । इनरुवा नगरपालिकामा प्रमुख र उपप्रमुख सहित कांग्रेस बिजयी भएको...पूरा पढ्नुहोस् »

सुनसरीका दुई नगरपालिका र तीन गाउँपालिकामा कांग्रेस विजयी

सुनसरीका दुई नगरपालिका र तीन गाउँपालिकाको प्रमुख-उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। इनरुवामा प्रमुख र उपप्रमुख कांग्रेसका उम्मेदवार बिजयी भएका छन भने रामधुनीमा प्रमुख काँग्रेस र उपप्रमुख एमालेकी उम्मेदवार बिजयी भएका छन्।