इलामको इलाम नगरपालिका प्रमुख र उपप्रमुख दुवैमा सत्ता गठबन्धनका तर्फबाट कांग्रेस विजयी

काठमाण्डौं– इलामको इलाम नगरपालिकाको प्रमुखमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका केदार थापा १३ हजार एक सय ६५ मतसहित विजयी हुनु भएको छ । उहाँको निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का धिरेनकुमार चेम्जोङको १० हजार ५ सय ८७ मत छ ।  यस्तै उपप्रमुखमा पनि कांग्रेसकै विष्णुकुमारी लिम्बु विजयी हुनु भएको छ । उहाँले १३ हजार ५ सय ४२ मत प्राप्त गर्नु भएको छ भने एमालेकी सीतादेवी रिजालले १० हजार ८८ मत प्राप्त गर्नु भएको छ ।  १२ वटा वडा रहेको इलाम नगरपालिकाको ९ वटा वडाको वडाध्यक्षमा कांग्रेस र ३ वट...