काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले डिजिटल करेन्सी (सीबीडीसी) परियोजनासम्बन्धी प्रारम्भिक अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । परियोजना अघि बढाउने सम्भावना रहेको तर यसका लागि राष्ट्र बैङ्कले सरोकारवालाको पनि राय खोजेको छ । बिहीबार सार्वजनिक प्रारम्भिक अध्ययन प्रतिवेदन अनुसार सीबीडीसीका लागि जनचेतनासँगै, रणनीति योजना, छुट्टै संयन्त्र, कानुनी सुधार, डेडिकेटेड टिम आवश्यक रहेको उल्लेख गरेको छ । […]