नवलपुरमा १० महिनामा थपिए २७ सय उद्योग तथा व्यवसाय

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा १० महिनाको अवधिमा करिब दुई हजार ७०० उद्योग व्यवसाय थपिएका छन् । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्मको अवधिमा जिल्लामा एक हजार ३५४ उद्योग र एक हजार ३३७ वाणिज्य गरी कूल दुई हजार ६९१ वटा नयाँ उद्योग तथा व्यवसाय दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय नवलपरासी पूर्व नवलपुरका प्रमुख विक्रम सुवेदीले […]

सम्बन्धित सामग्री

गण्डकीमा छ वर्षमा ३५ हजार साना उद्योग थपिए

कास्की । पछिल्ला छ वर्षमा गण्डकी प्रदेशमा ३५ हजार ७१६ घरेलु तथा साना उद्योग थपिएका छन् । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आँकडाअनुसार सोही अवधिमा ३२ हजार नौ सय ९४ व्यवसाय दर्ता भएका छन् । जिल्लास्थित पर्यटन तथा उद्योग कार्यालयमा लघु, घरेलु तथा साना उद्योग दर्ता हुने गरेको मन्त्रालयका उद्योग–वाणिज्य महाशाखा प्रमुख रामप्रसाद आचार्यले […]

गण्डकीमा ३५ हजार साना उद्योग थपिए

गण्डकी– पछिल्ला छ वर्षमा गण्डकी प्रदेशमा ३५ हजार सात सय १६ घरेलु तथा साना उद्योग थपिएका छन् । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आँकडाअनुसार सोही अवधिमा ३२ हजार नौ सय ९४ व्यवसाय दर्ता भएका छन् ।  जिल्लास्थित पर्यटन तथा उद्योग कार्यालयमा लघु, घरेलु तथा साना उद्योग दर्ता हुने गरेको मन्त्रालयका उद्योग–वाणिज्य महाशाखा प्रमुख रामप्रसाद […]

६ वर्षमा गण्डकीमा ३५ हजार साना उद्योग थपिए

गण्डकी - पछिल्ला ६ वर्षमा गण्डकी प्रदेशमा ३५ हजार सात सय १६ घरेलु तथा साना उद्योग थपिएका छन् । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आँकडाअनुसार सोही अवधिमा ३२ हजार नौ सय ९४ व्यवसाय दर्ता भएका छन् । ​ जिल्लास्थित पर्यटन तथा उद्योग कार्यालयमा लघु, घरेलु तथा साना उद्योग दर्ता हुने गरेको मन्त्रालयका उद्योग–वाणिज्य ...

कोभिडपछि कम्पनी दर्ता उत्साहजनक

कोभिड महामारीपछि मुलुकको व्यावसायिक क्षेत्रमा चुनौती थपिए पनि नयाँ कम्पनी खोल्ने क्रम भने उत्साहजक रुपमा बढेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको कम्पनी रजिष्ट्रार कार्यालयका अनुसार आफ्नै व्यापार–व्यवसाय सुरु गर्न कम्पनी दर्ताको क्रम बढेको हो । कोभिड महामारी सुरु भएपछि गत आर्थिक वर्ष २०७७-०७८ तथा चालू आवको पाँच महिनासम्मको तथ्यांक हेर्दा देशमा कम्पनी […]

म्याग्दीमा १ वर्षमा ७६२ ओटा व्यावसायिक फर्म थपिए

म्याग्दी । म्याग्दीमा पछिल्लो एक वर्षमा ७६२ उद्योग तथा व्यावसायिक फर्म थपिएका छन् । घरेलु तथा साना उद्योग कार्यालयमा ५०० उद्योग र २६२ ओटा वाणिज्य फर्म दर्ता भएका हुन् । २०७७ साउनदेखि २०७८ असार अन्तिम हप्तासम्म दर्ता भएका उद्योग र वाणिज्य फर्मबाट रू. २६ लाख ८ हजार राजस्व संकलन भएको कार्यालयका प्रमुख नन्दलाल पौडेलले जानकारी दिए । ‘पहिलेदेखि नै सञ्चालन भएका उद्योग तथा फर्महरू कानूनी दायरामा आउनुका साथै उद्यम व्यवसायतर्फको आकर्षणका कारण दर्ता संख्या बढेको हो,’ उनले भने, ‘नयाँ फर्म तथा उद्योग दर्ता गर्नेमा धेरैजसो युवा छन् ।’ उद्योग दर्ताबाट १४ लाख ३४ हजार  र वाणिज्य फर्म दर्ताबाट ११ लाख ७४ हजार राजस्व संकलन भएको छ । नयाँ दर्ता भएका ५०० ओटामध्ये ३६८ ओटा कृषि तथा वन पैदावारमा आधारित छन् । यसअघि दर्ता भएका २९८ उद्योग र ३९८ ओटा वाणिज्य फर्म नवीकरण भएका छन् । चालू आर्थिक वर्षमा कुल १ करोड १६ लाख २८ हजार बजेट विनियोजन भएको घरेलु कार्यालयले भौतिकतर्फ ९९ प्रतिशत र वित्तीयतर्फ ७६ प्रतिशत प्रगति गरेको जानकारी दिएको छ । यसैगरी १५१ जनालाई उद्यमशीलता विकास, ३८ जनालाई युवा उद्यमशीलता शीप विकास, २७ जना उद्यमी सृजना, १६ जनालाई उद्योग प्रवर्द्धन, कोरोनाका कारण श्रम छाडेर घर फर्केका ३५ जनालाई शीप विकास र १८ जनालाई परम्परागत शीपमा आधारित व्यवसाय प्रवद्र्धन तालीम प्रदान गरेको छ । कार्यालयले अल्लो तथा ढाकाको झोला, पर्स डिजाइन, हलुका सवारी चालक, सिलाइकटाइ, ब्युटी पार्लर, कम्प्युटर, हाउस वायरिङसम्बन्धी तालीम दिएको हो । यस्तै एघार पटक ११८ ओटा पसल तथा फर्मको बजार अनुगमन गरेको छ भने १६ जना उद्यमीलाई १३ लाख ७६ हजार रुपैयाँ बराबरको उपकरण वितरण गरेको छ । रासस

नवलपुरमा १० महीनामा थपिए २७ सय उद्योग तथा व्यवसाय

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा १० महीनाको अवधिमा करिब २ हजार ७०० उद्योग व्यवसाय थपिएका छन् । चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा जिल्लामा १ हजार ३५४ उद्योग र १ हजार ३३७ वाणिज्य गरी कुल २ हजार ६९१ ओटा नयाँ उद्योग तथा व्यवसाय दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय नवलपरासी पूर्व नवलपुरका प्रमुख विक्रम सुवेदीले बताए । कोरोना कहरकै बीच जिल्लामा यो संख्यामा नयाँ उद्योग थपिएको कार्यालय प्रमुख सुवेदीले बताए । थपिएका उद्योगमा कृषि, पशुपालन, पर्यटनसम्बन्धी उद्योग धेरै भएको उनले जानकारी दिए । कोरोना कहरका बीच धेरैजसो कृषि तथा पशुपालनतर्फ आकर्षित भएकाले यो समयमा समेत नयाँ उद्योग दर्ताको संख्यामा कमी नआएको उनको भनाइ छ । सरकारले कृषि तथा पशुपालनमा विभिन्न सुविधा तथा अनुदान उपलब्ध गराउँदासमेत यसतर्फको आकर्षण बढेको उनले बताए । ‘राज्यले अहिले कृषि, पशुपालनमा विभिन्न सुविधा र अनुदान उपलब्ध गराउँदै आएको छ,’ प्रमुख सुवेदीले भने, ‘यसतर्फ नागरिकको आकर्षण बढ्दै गएको छ ।’      कोरोनाको असरले अन्य रोजगारका बाटो बन्द हुँदा विकल्पको रूपमा आफैले कृषि र पशुपालन गर्नु अर्को कारण भएको उनले बताए । नवलपुर कृषि र पशुपालनका लागि उपयुक्त क्षेत्र मानिन्छ । कृषि र पशुपालनका सहुलियत कर्जा उपलब्ध हुँदा लगानी गर्न सहज भएको उनको भनाइ छ । ‘कोरोना कहरका कारण अहिले अन्य पेशा, व्यवसाय नहुँदा, स्वरोजगारमूलक पेशाका रूपमा कृषि, पशुपालनमा लगानी गर्ने बढेका छन्,’ उनले भने । चालू आर्थिक वर्षको १० महीनामा ५१६ उद्योग नवीकरण भएका छन् । रासस

नवलपुरमा १० महिनामा थपिए २७ सय उद्योग तथा व्यवसाय

कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा १० महिनाको अवधिमा करिब दुई हजार ७०० उद्योग व्यवसाय थपिएका छन् । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्मको अवधिमा जिल्लामा एक हजार ३५४ उद्योग र एक हजार ३३७ वाणिज्य गरी कुल दुई हजार ६९१ वटा नयाँ उद्योग तथा व्यवसाय दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय...

सौन्दर्यको व्यवसाय बढाउँदै कार्की, थपिए दुई आधुनिक शाखा

झन्डै एक दशकदेखि सौन्दर्य सेवामा रहेको फेसियल हाउसले दसैँको अवसर पारेर काठमाडौंका दुई भिन्न स्थानमा सुविधासम्पन्न शाखा विस्तार गरेको छ। फेसियल हाउस लेजिड एण्ड जेन्ट्स सैलूनका शाखा बागबजार र सिटिसी मलमा संचालनमा आएका छन्। निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलाले बागबजारको शाखा उद्घाटन गरिन् भने सिटिसी मल शाखाको उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा, चलचित्र अभिनेता…