सुदूरपश्चिममा रोकिएन चोरी तस्करी

२३ मंसिर, धनगढी । सशस्त्र प्रहरीले अवैध रुपमा हुने चोरी तस्करी नियन्त्रणका लागि भन्दै कैलाली र कञ्चनपुरका सीमा क्षेत्रमा बीओपी संख्या बढाउँदै लगेको छ । नेपाल प्रहरीले पनि बेलाबखत नाकामा कडाइ गरिएको बताउँछ । तर सीमा क्षेत्रबाट हुने चोरी तस्करी नियन्त्रण हुन सकेको छैन । भारतसँग सीमा जोडिएको कञ्चनपुरमा २० वटा र कैलालीमा १८ वटा […]

सम्बन्धित सामग्री

कैलालीको त्रिनगर नाकामा चोरी तस्करी बढ्दो, भन्सार कर्मचारी र प्रहरी मौन

कैलाली । कैलालीको मुख्य नाका त्रिनगर नाकामा भारतबाट हुने चोरी तस्करी बढेको छ । भारतको गौरिफन्टा नाकासँग जोडिएको त्रिनगर नाकामा सुरक्षाकर्मीकै अगाडीबाट खुलेआम तस्करी भइरहेको तथ्य फेला परेको हो । नेपाल भारत चल्ने सार्वजनिक बसभित्रैबाट सामान तस्करी भइरहँदा नाकामा रहेको सशस्त्र प्रहरी र भन्सार कर्मचारी अनविज्ञ छन् । सुदूरपश्चिमको मुख्यनाका त्रिनगर भन्सारको मुल सडक भएर […]

चोरी तस्करी नियन्त्रण गर्न सुनको कोटा बढाइएको हो : उद्योगमन्त्री

१५ असोज, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले चोरी तस्करी र अवैध कारोबार नियन्त्रणमा सघाउ पुर्‍याउन सुनको कोटा वृद्धि गरेको बताएका छन् । सोमबार मन्त्रालयमा सुनचाँदी व्यवसायीसँगको छलफलमा मन्त्री रिजालले आपूर्ति व्यवस्था सुनिश्चित भएपछि चोरी पैठारी नियन्त्रण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको बताए । मन्त्रालयको रिफारिसमा नेपाल राष्ट्र बैंकले गत सातादेखि दैनिक […]

रौतहटका भारतीय सीमानाकामा बढ्यो चोरी तस्करी

रौतहट : रौतहटको भारतीय सीमानाकामा चोरी तस्करी बढेको छ। भारतीय बजारसँग सिमाना जोडिएको रौतहटमा संगठित तथा पोके तस्करहरूले व्यापक रुपमा तस्करी गरिरहेका हुन्।रौतहटको सीमाक्षेत्रमा साना पोके तस्करदेखि ठूला संगठित तस्करहरूको सक्रिय छन्। प्रहरी प्रशासनकै मिलेमतोमा रौतहटका मुख्य नाकाहरूबाट अवैध रुपमा समान ओसारपसार भइरहेको पाइएको छ।भारतीय सामान रौतहट छिर्ने मुख्य नाका गौर भन्सार, लक्ष्मीपुर बेलबिछवा र महादेवपट्टीमा रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरीका युनिटले तस्करहरूबाट मासिक रकम लिएर अवैध का

निर्वाचनको मुखमा नाकाबाट बढ्यो चोरी–तस्करी

आगामी मंसिर ४ मा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सरकार केन्द्रित भएको मौका छोपी मुलुकका विभिन्न नाकाहरूबाट चोरी–तस्करी बढेको छ । भारतीय सीमासँग जोडिएका पूर्वदेखि पश्चिमसम्मका तराईका अधिकांश छोटी भन्सार नाकाहरू र अन्य खुला क्षेत्रबाट चोरी–तस्करी बढेको हो ।कारोबारका स्थानीय संवाददाताहरूका अनुसार आम निर्वाचनको तरल राजनीतिक अवस्थालाई दुरुपयोग गर्दै चोरी–तस्करीमा संलग्न विभिन्न गिरोह अहिले […]

निर्वाचन मुखमा विभिन्न नाकाबाट बढ्यो चोरी तस्करी

आगामी मंसिर ४ मा हुन लागेको प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनमा सरकार केन्द्रित भएको मौका छोपी मुलुकका विभिन्न नाकाहरुबाट चोरी तस्करी बढेको छ ।भारतीय सीमासँग जोडिएका पूर्वदेखि पश्चिमसम्मका तराईका अधिकांस छोटी भन्सार नाकाहरु र अन्य खुला क्षेत्रबाट चोरी तस्करी बढेको हो । कारोबारका स्थानीय संवाददाताहरुका अनुसार आम निर्वाचनको तरल राजनैतिक अवस्थालाई दुरुपयोग गर्दै चोरी तस्करीमा […]

चोरी तस्करी बढेपछि रुपन्देहीको फरेनिया बजार बन्द

काठमाडौँ । भारतसँग जोडिएका रुपन्देहीका दक्षिणी सीमा क्षेत्रमा चोरी निकासी बढेपछि रुपन्देही प्रशासनले फरेनिया नाकामा लाग्ने हाटबजार बन्द गराएको छ । बजार गर्न जाने नेपाली तथा भारतीयले अवैध रूपमा मालसामान चोरी निकासी गर्ने गरेको पाएपछि प्रशासनले उक्त हाटबजार बन्द गराएको हो । भारतसँग जोडिएका रुपन्देहीका सीमा क्षेत्रमा अवैध रूपमा चोरी तस्करी बढेको समाचार सार्वजनिक भएपछि […]

सीमानाकाकाे चोरी तस्करी रोक्न सरोकारवाला निकायलाई निर्देशन

भैरहवा- राजश्व चुहावट नियन्त्रण समितिले सीमानाकाबाट हुने चोरी तस्करी रोक्न सरोकारवाला निकायलाई निर्देशन गरेको छ । समिति बैठकले रुपन्देहीका विभिन्न सीमानाकाबाट हुनसक्ने चोरी निकासी तथा पैठारी नियन्त्रणलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने निर्णय गरेको हो । चाडपर्व नजिकिँदै गइरहेको अवस्थामा नेपाल–भारत बीचको खुल्ला सिमानाको फाइदा उठाउँदै चोरी–निकासी तथा पैठारी हुने जोखिम भएकाले नियन्त्रणका लागि विभिन्न योजना […]

सीमा नाकाको चोरी तस्करी रोक्न निर्देशन

राजश्व चुहावट नियन्त्रण समितिले सीमानाकाबाट हुने चोरी तस्करी रोक्न सरोकारवाला निकायलाई निर्देशन गरेको छ । समिति बैठकले रुपन्देहीका विभिन्न सीमानाकाबाट हुनसक्ने चोरी निकासी तथा पैठारी नियन्त्रणलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने निर्णय गरेको हो ।चाडपर्व नजिकिँदै गइरहेको अवस्थामा नेपाल–भारत बीचको खुल्ला सिमानाको फाइदा उठाउँदै चोरी–निकासी तथा पैठारी हुने जोखिम भएकाले नियन्त्रणका लागि बिभिन्न योजना र रणनीति तयार गर्न समितिको बैठक बसेको थियो ।जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधि

‘चोरी, तस्करी तथा कालोबजारी रोक्न गृह मन्त्रालय असफल’

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै सांसद पौडेलले गृह मन्त्रालय चोरी, तस्करी र कालोबजारी रोक्न असफल भएको आरोप लगाउनुभयो ।

चोरी–तस्करी बढ्दा राजस्व सङ्कलनमा कमी

भजनी, ११ माघ: खुला सीमानाकाबाट चोरी–तस्करी बढेपछि सत्ती भन्सार कार्यालयको राजस्व सङ्कलनमा कमी आएको छ । कोरोनाको दोस्रो लहरका कारण जनजीवन प्रभावित भएको अवस्थामा सीमानाकामा गरिएको कडाइका कारण चालु आर्थिक वर्षको दुई महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको भन्सार कार्यालयले सीमानाकामा आवागमन सहज भएसँगै चोरी–तस्करीका घटना बढेपछि भन्सार कार्यालयको राजस्व सङ्कलनमा कमी आएको हो । […]