पर्वत : निर्वाचन आचारसंहिता विपरीत चुनावी कार्यक्रममा सहभागी भएको भन्दै जिल्लाको फलेवास नगरपालिकाका प्रमुख गंगाधर तिवारी र कुश्मा नगरपालिकाकी उपप्रमुख स्वस्थानी रिजालसँग निर्वाचन आयोगले स्पष्टीकरण माग गरेको छ।निर्वाचन आचारसंहिता २०७९ को दफा ५ को प्रतिबन्धात्मक वाक्यांशको ४ बमोजिम स्थानीय कार्यपालिका पदाधिकारीहरुले आफू बहाल रहेको स्थानीय तहमा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने व्यवस्थाको प्रतिकुल हुने गरी उनीहरू कार्यक्रममा सहभागी