धनुषामा एक नगर प्रमुख सहित ३ नगर उपप्रमुखलाई माओवादीद्वारा स्पष्टीकरण माग

जनकपुर । सर्वोच्च अदालतले नेकपा माओवादी केन्द्र र नेकपा एमालेको एकतालाई मान्यता नदिइ पुरानै अवस्थामा फर्काए पनि केही जनप्रतिनिधिहरुले पार्टीलाई बेवास्ता गरेको भन्दै स्पष्टीकरण सोधेको छ । नेकपा माओवादी केन्द्र धनुषाले विदेह नगरपालिकाका नगर प्रमुख बेचन दाससहित ३ जना उपप्रमुखसँग स्पष्टीकरण सोधेको हो ।शहीदनगर नगरपालिकाका नगर उपप्रमुख शिला देवी कापर, सबैला नगरपालिकाका नगर उपप्रमुख निलुदेवी कापर र विदेह नगरपालिकाका नगर उपप्रमुख निलम देवी मण्डललाई पार्टीको गतिविधि तथा कार्यक्रममा सहभागी नभएको भन्दै पत्