स्वास्थ्य चौकीमा म्याद नाघेका औषधि

कपिलवस्तु : शिवराज नगरपालिका ३ मा रहेको चनई स्वास्थ्य चौकीमा म्याद गुज्रिएका औषधि वितरण भएको पाइएको छ। चौकीबाट वितरण गरिएको आइरन चक्की र नाबी मलमलगायतको म्याद नाघेको पाइएको हो।म्याद नाघेका औषधि वितरण भएको भन्ने गुनासो आएपछि नगर प्रमुख अजय थापाले सोमबार स्वास्थ्य चौकीको अनुगमन गरेका छन्। नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख चूडामणि भट्टराई सहितको टोलीले स्वास्थ्य चौकीको लापरबाहीबारे स्पष्टीकरण माग गरेको छ। स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीले समेत म्याद गुज्रिएको औषधि वितरण गरेको स्वीकार गरे।

सम्बन्धित सामग्री

सोरुका स्वास्थ्य चौकीमा औषधीको अभाव

मुगु।  मुगुको सोरु गाउँपालिकास्थित  स्वास्थ्य चौकीमा पछिल्लो समय औषधिको अभाव देखिएको छ । स्थानीय बिरामीलाई एक चक्की सिटामोल समेत पाउन मुस्किल पर्ने अवस्था रहेको स्थानीय अगुवाहरू बताउँछन् । दैनिक १० देखि २० जनासम्म बिरामी उपचार गर्न स्वास्थ्य चौकीमा आउने गरे पनि औषधि नपाई रित्तै घर फर्किन बाध्य भएका छन् । स्वास्थ्य चौकी खनायामा उपचार गर्न […]

स्वास्थ्य चौकीलाई २० प्रकारका औषधि सहयोग

सिमकोट – सिमकोट गाउँपालिका– १ र २ को ठेहे स्वास्थ्य चौकीलाई औषधि सहयोग गरिएको छ। स्वास्थ्य चौकीमा निःशुल्क वितरण गर्नेभन्दा फरक खालका जो बिरामीका लागि अति आवश्यक पर्ने औषधि सहयोग गरिएको हो। अस्पताल तथा स्वास्थ्य चौकीलाई औषधि तथा अन्य सामग्री सहयोग गर्दै आएको हेल्थ अस हुम्लाले ठेहेको स्वास्थ्य चौकीलाई २० प्रकारका औषधि सहयोग गरेको हो। […]

दैलेखकाे एक स्वास्थ्य चौकीमा आगजनी

दैलेख । दैलेखको दुल्लु नगरपालिका-७ मा रहेको स्वास्थ्य चौकीमा आगजनी गरिएको छ । शनिबार राति स्वास्थ्य कार्यालयको ढोका फोडेर सबै कोठाहरुमा गएर आगजनी गरिएको आशंका प्रहरीले गरेको हाे । स्वास्थ्य चौकीमा रहेको औषधि, कुर्सि टेबुल, दराज र कागजातहरु लगायतका सबै उपकरणहरु समेत जलेर नष्ट भएको छ । ईलाका प्रहरी कार्यालय दुल्लुबाट गएको प्रहरी टोलीले आगजनी […]

कुन-कुन औषधि स्वास्थ्य चौकीमा सित्तैमा पाइन्छ ?

कतिपय यस्ता औषधि छन्, जुन हामीलाई सामान्य रोगव्याधिमा जरुरी हुन्छ । यसमध्ये धेरैजसो औषधि निःशुल्क रुपमा वितरण हुन्छ । आफूलाई पायक पर्ने सरकारी अस्पताल वा स्वास्थ्य चौकीमा गएर यस्ता औषधि लिन सकिन्छ । सामान्यतया ज्वरो आउँदा खाइने सिटामोलदेखि घाउचोट लाग्दा लगाइने बेटाडिनसम्म सित्तैंमा पाइन्छ । साथै गर्भनिरोधको अस्थायी साधनसम्म निःशुल्क रुपमा उपलब्ध हुन्छन् । नेपाल […]

तिलाठी कोइलाडीमा सिटामोल र जीवनजल अभाव

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा सिटामोल, जीवनजलजस्ता अति आवश्यक औषधि अभाव भएको छ । गाउँपालिकाको एउटा प्राथमिक स्वास्थ्य केन्द्र, दुई आधारभूत स्वास्थ्य केन्द्र र पाँच स्वास्थ्य चौकीमा औषधि अभाव भएपछि बिरामी मर्कामा परेका छन् । स्वास्थ्य चौकीमा सिटामोल र जीवनजल नहुँदा बिरामी औषधिबिना घर फर्किन बाध्य भएको स्थानीय भरत मण्डलले बताए । वडा तहमा सञ्चालित स्वास्थ्य केन्द्रमा दुई महिनादेखि सिटामोल र जीवनजल अभाव भएको उनको भनाइ छ । वडा नम्बर ८ का वडाध्यक्ष सत्यनारायण यादव औषधि अभावको समस्या समाधान

बैतडीका स्वास्थ्य संस्थामा औषधि अभाव

बैतडी : बैतडीमा औषधि अभावको अभाव भएको छ। जिल्लाको दोगडाकेदार, डिलाशैनी गाउँपालिकाका स्वास्थ्य संस्थामा निःशुल्क पाइने औषधिको अभाव भएको हो।दोगडाकेदारको न्वाली स्वास्थ्य चौकी, डिलाशैनीको डडिया आधारभूत स्वास्थ्य केन्द्र र रुद्रेश्वर स्वास्थ्य चौकीमा अनुगमन गर्दा निःशुल्क औषधिको अभाव भएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।सरकारले स्वास्थ्य चौकी तहबाट ३८ प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने व्यवस्था गरेको भए पनि यहाँ केही औषधिको अभाव रहेको छ। उनले भने, ‘खास ग

नाममात्रैका स्वास्थ्य चौकी : न स्वास्थ्यकर्मी न त औषधि

जीतपुर सिमरा उपमहानगर– १६ की सीता श्रेष्ठ सामान्य बिरामी हुँदा पनि उपचारका लागि वीरगञ्ज, हेटौंडा र भरतपुर पुग्ने गर्दछिन् । उनी आर्थिक रुपमा सम्पन्न भएर उपचारका लागि हेटौंडा, वीरगञ्ज पुगेकी भने होइनन् ।गाउँमा भएको स्वास्थ्य चौकीमा औषधि, उपचार र स्वास्थ्यकर्मी नभएपछि बाध्य भएर अन्यत्र जानु परेको उनी बताउँछिन् । ‘गाउँमा स्वास्थ्य चौकी त छ तर औषधि उपचारको व्यवस्था र स्वास्थ्यकर्मी छैनन्,’ उनले भनिन्, ‘हामी उपचारका लागि वीरगञ्ज, हेटौंडा र भरतपुर जानुपर्छ, गाउँमा अस्पताल छ भन्

रुकुमको एउटा स्वास्थ्य चौकीको दुःख : ‘छाना चुहिन्छ, औषधि मुसाले गायब पार्छ’

रुकुम पश्चिम – रुकुम पश्चिमको एक स्वास्थ्य चौकीमा समस्याका चाङ रहेका छन् । बर्थिङ सेन्टर सहितको सेवा सञ्चालन भइरहेको र सेवा प्रवाहमा उदाहरणीय रहेको त्रिवेणी गाउँपालिका वडा नम्बर ७ को मुरु स्वास्थ्य चौकी व्यवस्थापनमा अनेक समस्या रहेको छ ।  स्वास्थ्य संस्थाको मापदण्डअनुसारको भवन नहुँदा सेवाग्राही र कर्मचारीले अनेक समस्या झेलिरहेका छन् । एक कर्मचारीका अनुसार बर्थिङ सेवा लिनेहरूरुका लागि आराम गर्ने कोठासमेत छैन ।  गएको आर्थिक वर्षमा यस स्वास्थ्य चौकीमा एक सय १३ जनाले सुरक्षित प्रसूति सेवा पाएको तथ्याङ्क रहेको छ । ...

सोरु गाँउपालिकाको स्वास्थ्य चौकीमा सिटामोल पनि सकियो

खड्क सुनार, मुगु । हिमाली जिल्ला मुगुको सोरु गाँउपालिकाअन्तर्गतका स्वास्थ्य चौकीमा सिटामोल समेत पाइन छाडेको छ । ‍औषधि अभावका कारण उपचारका लागि चौकीमा आएका बिरामीहरू उपचारविनै फर्कने गरेका छन् । विभिन्न तहका सरकारले हरेक वर्ष स्वास्थ्य क्षेत्र र औषाधि खरिदमा लखौँ बजेट विनियोनज गरे पनि सोरु गाँउपालिकाहरूमा वर्षैभरि औषाधि अभाव भइरहने सोरु गाँउपालिका-६ सोरुकोटका बलिराज […]

बाँकेका स्वास्थ्य चौकीमा औषधि अभाव

बाँके : राप्ती–सोनारी गाउँपालिकाले एक दुई दिनभित्र आफू मातहतका स्वास्थ्य चौकीमा औषधि पुग्ने जनाएको छ। राप्ती–सोनारी गाउँपालिकाभित्र रहेका स्वास्थ्य चौकीमा सरकारले निःशुल्क प्रदान गर्ने औषधि अभाव भएको हो।  गाउँपालिकाले समयमा औषधि खरिद नगरेका कारण गाउँपालिकाका नौवटै वडामा रहेका स्वास्थ्य चौकीमा औषधि ...