काठमाडौं : निर्वाचन आयोगले धनकुटा बहुमुखी क्याम्पसका प्रमुख होमबहादुर बस्नेतसँग स्पष्टीकरण मागेको छ।क्याम्पस प्रमुख बस्नेतले आफ्नो फेसबुक पेजमार्फत राजनीतिक दलको चुनावी प्रचारप्रसार गरेको भनी उजुरी परी राष्ट्रिय सतर्कता केन्द्रमार्फत आएकाले स्पष्टीकरण मागेको आयोगले जनाएको छ।आयोगले डडेलधुरा क्याम्पसका हेमा भट्टसँग पनि स्पष्टीकरण मागेको छ। भट्टले आफ्नो फेसबुक पेजमार्फत राजनीतिक दलको चुनावी प्रचारप्रसार गरेको भनी उजुरी परी राष्ट्रिय सतर्कता केन्द्रमार्फत आयोगमा लेखी आएकाले स्पष्टीकरण माग