नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तत्काल लगानीमा ब्याजदर नबढ्ने बताएका छन् । पछिल्लो समय वाणिज्य बैंकहरुले धमाधम निक्षेपमा ब्याजदर बढाइरहेको बेला त्यसलाई राष्ट्र बैंकले नियन्त्रण गर्ने र लगानीको ब्याजदर बढ्न नदिने बताएका हुन् । शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाको पूर्वसन्ध्यामा नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलसँग भेट गर्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् । सो अवसरमा गर्भनर अधिकारीले ब्याजदर स्थिर राख्दै थप औद्योगीकीकरणलाई प्रवद्र्धन