नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्त क्षेत्रमा थप त्रास उत्पन्न हुने गरी अभिव्यक्ति दिएका छन् । बुधबार चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपालको लेखापाल सम्मेलनलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले बैंकिङ ब्याजदर अझै बढ्न सक्ने अभिव्यक्ति दिएका हुन् । गभर्नर अधिकारीले मुलुकमा अझै वित्तीय सन्तुलन कायम भइनसकेको जिकिर गर्दै उनले कर्जा माग बढ्दो क्रममा रहेको तथा निक्षेप घट्दो क्रममा रहेकाले ब्याजदर अझ बढ्न सक्ने बताएका हुन् । उनले त्यसका लागि तयार रहनुपर्ने पनि बताए ।हाल बैंकिङ क्षे