सिन्धु विकास बैंक लिमिटेड : कम्पनी विश्लेषण (बिहीवार, २७ जेठ २०७८)

बैंकको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा बुधवार २० रुपैयाँले कमी आएको छ । बैंकको शेयर मूल्य प्रतिकित्ता रु. ३७४ मा झरेको हो । बैंकले चालू आवको तेस्रो त्रैमाससम्म रु. ३ करोड ५६ लाख ८३ हजार नाफा कमाएको छ । बैंकले गत आवको तेस्रो त्रैमाससम्म रु. १ करोड ९७ लाख १७ हजार नाफा कमाएको थियो । नाफा गत आवको तुलनामा चालू आवमा ८० प्रतिशतले वृद्धि भएको हो । चालू आवको तेस्रो त्रैमाससम्म बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफामा वृद्धि भएको हो । नाफामा वृद्धि भएसँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि वृद्धि भएको छ । गत आवमा बैंकको प्रतिशेयर आम्दानी रु. ४ दशमलव ७२ रहेकामा चालू आवमा वृद्धि भएर रु. ८ दशमलव ५३ पुगेको हो । त्यसैगरी बैंकको वितरणयोग्य नाफामा पनि वृद्धि भएको छ । गत आवको तेस्रो त्रैमासमा बैंकको वितरणयोग्य नाफा रु. १ करोड ३८ लाख ९८ हजार रहेकामा चालू आवको सोही अवधिमा वृद्धि भएर रु. ४ करोड १५ लाख ५५ हजार पुगेको हो । निष्कर्ष कम्पनीको ६० दिनको कारोबार अवधिको अन्तिम दिनमा लामो टुप्पी र छोटो पुच्छरसहितको लामो कालो मैनबत्ती बनेको छ । यस्तो आकृतिले बजारमा कम्पनीको शेयर मूल्य घटेको संकेत गर्छ । आरएसआई न्युट्रल जोन ६९ दशमलव ९१ बिन्दुमा छ । यसले शेयर खरिद विक्रीचाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन १६ दशमलव ७१ बिन्दुमा छ । उतारचढाव न्यून रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ । त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ । बुधवारको शेयर मूल्य रु. ३७४ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. ३४६ मा टेवा पाउने देखिन्छ ।

सम्बन्धित सामग्री

सिन्धु विकास बैंकको १४औं वार्षिकोत्सव

काठमाडौं– सिन्धु विकास बैंक लिमिटेडले १४औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरेर मनाएको छ ।वार्षिकोत्सवको उपलक्ष्यमा बैंकले विभिन्न कार्यक्रममध्ये जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपालाई ट्राफिक उपरकारण तथा सुरक्षा सामग्री हस्तान्तरण गरेको छ । त्यसैगरी विभिन्न विद्यालयमा शैक्षिक सामग्री वितरणलगायत खेलकुद प्रतियोगिता गर्नुका साथै रक्तदान कार्यक्रम आयोजना गरेको थियो । सिन्धुपाल्चोक जिल्लाकै पहिलो विकास बैंकको रुपमा स्थापित यस […]

एनआईबिएल सहभागिता फण्डको इकाई वितरकमा सिन्धु विकास बैंक

काठमाडौं । एनआईबिएल सहभागिता फण्डको इकाई वितरक (एजेन्ट) तोकिएको छ ।  एनआईएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित यस योजनाको इकाई वितरकमा सिन्धु विकास बैंक लिमिटेडलाई नियुक्त गरिएको हो । योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटल लिमिटेडले इकाईहरूको खरीद विक्री सहज बनाउनका लागि सिन्धु विकास बैंकलाई वितरकमा नियुक्त गरेको जानकारी दिएको हो । खुलामुखी प्रकिृतिको यस योजनाका इकाईधनीहरूले सिन्धु विकास बैंकको तोकिएका शाखा कार्यालयमार्फत इकाई खरीदविक्री गर्न सक्नेछन् । २ अर्ब रूपैयाँको योजनाको आकार रहेपनि चैत १५ सम्म योजनाको आकार १ अर्ब ४४ करोड २० लाख ५२ हजार कायम रहेको योजना व्यवस्थापकको भनाइ छ । यस योजनाका इकाईधनीहरू जम्मा ५३ हजार ७५० जना रहेका छन् । चैत १५ गतेसम्मको योजनाको खुद सम्पत्ति मूल्य रू. १० दशमलव १७ रहेको छ ।  यस योजनाले हालसम्म वितरण गरेको लाभांशको अवस्थालाई हेर्दा आर्थिक वर्ष २०७६/ ०७७ को मुनाफाबाट ८ दशमलव २५ प्रतिशत, आर्थिक वर्ष २०७७/ ०७८ को मुनाफाबाट ५० प्रतिशत र आर्थिक वर्ष २०७८/ ०७९ को मुनाफाबाट ७ दशमलव २० प्रतिशत लाभांश वितरण गरेको छ ।  सूचना हेर्न यहाँ क्लिक गर्नुहोस् ।

सिन्धु बैंकको संस्थापक शेयर सर्वसाधारणलाई बिक्री खुला

सिन्धु विकास बैंक लिमिटेडले संस्थापक शेयर सर्वसाधारणलाई बिक्री खुला गरेको छ । कम्पनीले संस्थाका केही संस्थापक शेयरधनीको नाममा  रहेको संस्थापक शेयर सर्वसाधारणका लागि आजबाट बिक्री खुला गरेको हो । बैंकका अनुसार संस्थापक शेयरमा इच्छुक जो कोही व्यक्ति, संघ संस्थाले सूचना प्रकाशित भएको अर्थात् साउन २६ गतेबाट ३५ दिनभित्र बैंकको कर्पोरेट कार्यालय बनेपामा निवेदन दिन सक्नेछन् ।उक्त समयमा पनि हाल कायम संस्थापक शेयरधनीको कुनै निवेदन प्राप्त नभएमा कानुन बमोजिम अन्य व्यक्तिलाई बिक्रीका लागि प्रक्रिय

सिन्धु विकास बैंक र युवा स्वरोजगार कोषबीच सम्झौता

सिन्धु विकास बैंक र युवा तथा साना व्यवसायी स्वरोजगार कोषबीच कर्जा लगानी सम्झौता भएको छ ।सम्झौतामा कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारी तथा बैंकका प्रमुख कार्यकारी अधिकृत रामकुमार गिरीले हस्ताक्षर गरेका छन् । सम्झौताअन्र्तगत बैंकले आफ्नो कार्यक्षेत्रमा रहेका १८ देखि ६० वर्ष उमेर समूहका वेरोजगार व्यक्तिलाई लक्षित गर्दै उनीहरुको क्षमता तथा व्यापार व्यवसाय वृद्धि गर्न प्रति […]

सिन्धु विकास बैंक र कोषबीच कर्जा लगानी सम्झौता

काठमाडौं (अस) । सिन्धु विकास बैंक र युवा तथा साना व्यवसायी स्वरोजगार कोषबीच कर्जा लगानी सम्झौता भएको छ । सम्झौतापत्रमा कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारी र बैंकका प्रमुख कार्यकारी अधिकृत रामकुमार गिरीले हस्ताक्षर गरेका छन् । बिहीवार सम्पन्न उक्त सम्झौता अनुसार बैंकले आफ्नो कार्यक्षेत्रमा रहेका १८ देखि ६० वर्ष उमेर समूहका बेरोजगार व्यक्तिलाई  व्यापार व्यवसाय गर्न व्यक्तिगत २ लाख तथा समूहगत ३० लाख रुपैयाँसम्म सहुलियत कर्जा उपलब्ध गराउनेछ । बैंकले बेरोजगार युवालाई वार्षिक ८ प्रतिशतका दरले ३ वर्ष ६ महीनाका लागि कर्जा उपलब्ध गराउनेछ । कोषले युवा स्वरोजगार कर्जा उपभोग गर्ने ऋणी तथा परियोजना दुवैको बीमा समेत गरिदिने व्यवस्था छ । साथै कर्जाको साँवा तथा ब्याज समयमै तिर्ने असल ऋणीलाई तिरेको ब्याजको ६० प्रतिशतसम्म अनुदान फिर्ता समेत गरिदिनेछ ।

घाटामा चलेका छन् तीन विकास बैंक

५ मंसिर, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा तीन विकास बैंकहरु घाटामा देखिएका छन् । पहिलो त्रैमासमा सार्वजनिक वित्तीय विवरण अनुसार सप्तकोशी डेभलपमेण्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंक घाटामा गएका हुन् । राष्ट्र बैंकका प्रवक्ता समेत रहेका बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल भर्खरै समस्याग्रस्तबाट फुकुवा भएका […]

ग्राहकको पैसा मिटरब्याजमा लगाउने बैंक प्रबन्धक पक्राउ

ग्राहकले निक्षेप खातामा जम्मा गरेको पैसा निकालेर मिटरब्याजमा लगाउने सिन्धु विकास बैंक काभ्रे दोलालघाट शाखाका प्रबन्धक सुमन खरेल पक्राउ परेका छन् । उनले एक करोडभन्दा धेरै रकम हिनामिना गरेको उजुरी बैंकले...

सिन्धु विकास बैंकमा रक्तदान

सिन्धु विकास बैंक लिमिटेडको १२औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरिएको छ।

पाँच कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो

काठमाडौं। आज नयाँ आर्थिक वर्षको पहिलो कारोबार दिन सेयर बजारमा नयाँ उत्साह आएको छ। यससँगै आज पाँच वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। आज समृद्धि फाइनान्स, सिन्धु विकास बैंक, नाग्दी ग्रुप पावर, हिमालयन पावर र सिंगाटी हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको नेपाल स्टक एक्सचेञ्जले जानकारी दिएको छ। आज नेप्से परिसूचक एकै दिन ९७.२१ अंकले उकालो लागेको छ।

सिन्धु विकास बैंक र शिखर इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

सिन्धु विकास बैंक लिमिटेड र शिखर इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सेवासम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशप्रसाद जोशी र इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेले हस्ताक्षर गरे ।