काठमाडौं– सिन्धु विकास बैंक लिमिटेडले १४औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरेर मनाएको छ ।वार्षिकोत्सवको उपलक्ष्यमा बैंकले विभिन्न कार्यक्रममध्ये जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपालाई ट्राफिक उपरकारण तथा सुरक्षा सामग्री हस्तान्तरण गरेको छ । त्यसैगरी विभिन्न विद्यालयमा शैक्षिक सामग्री वितरणलगायत खेलकुद प्रतियोगिता गर्नुका साथै रक्तदान कार्यक्रम आयोजना गरेको थियो । सिन्धुपाल्चोक जिल्लाकै पहिलो विकास बैंकको रुपमा स्थापित यस […]
चितवन । सिन्धु विकास बैंक लिमिटेडले १४औं वार्षिकोत्सवको अवसरमा बैंकको क्षेत्रीय कार्यालय नारायणगढ तथा कमलनगर शाखाले बैंकको प्राङ्गणमा खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यक्रम गर्दै आएको बैंकले जनाएको छ । बैंकका अनुसार उक्त खुला रक्तदान कार्यक्रममा करीब ५० जनाले रक्तदान गरेका थिए ।
कार्यक्रममा नारायणगढ बजार आसपास क्षेत्रका स्थानीय बासिन्दा, नेपाल प्रहरी, जिल्ला रेडक्रस सोसाइटी, भरतपुर तथा विभिन्न बैक वित्तीय संस्था एवं अन्य संघ संस्थाका प्रतिनीधिहरू, बैंकका क्षेत्रीय प्रबन्धक तथा अन्य कर्मचारीहरू लगायतको उपस्थिति थियो ।
बैंकले सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक, मकवानपुर र चितवन जिल्लाका २५ ओटा शाखा कार्यालयहरू र १ ओटा सीमित बैकिङ्ग इकाइबाट बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । यस्तै, सम्पूर्ण शाखा कार्यालयहरूमार्फत मोबाइल बैकिङ्ग, एससीटी डेबिट कार्ड एसएमएस बैैकिङ, क्यूआर कोड, कनेक्ट आईपीएसलगायत सेवाहरू प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ ।