सामाजिक सुरक्षा कोष : योगदानकर्तालाई अब सीधै अस्पतालबाट छूट दिइने

काठमाडौं । सामाजिक सुरक्षा कोषका योगदानकर्ताले अब बिरामी भएमा उपचार गर्दा लाग्ने खर्च अस्पतालबाटै छूट पाउने भएका छन् । सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन आगामी साउनदेखि योगदानकर्ता बिरामी भएको खण्डमा उपचार खर्च अस्पतालबाटै छूट दिनेगरी सामाजिक सुरक्षा कोषले तयारी अघि बढाएको हो । कोषका अनुसार हाल उपचारपछि बिल पेश गरेर मात्रै योगदानकर्तालाई कोषबाट दाबी भुक्तानी दिइन्छ । यो व्यवस्था झन्झटिलो भएको गुनासो आएपछि ८० प्रतिशतसम्म छूट सीधै अस्पतालबाटै दिनेगरी तयारी अघि बढाइएको छ । यो सेवा शुरू भएपछि योगदानकर्ताले उपचारबापत १ लाख बराबरको सेवा अस्पतालबाट लिँदा २० प्रतिशत मात्रै तिरे पुग्नेछ । ‘अब उपचार गराउँदा लागेको खर्च कोषमा दावी गर्न आइराख्नु पर्दैन, योगदानकर्तालाई सीधै अस्पतालबाट छूट दिनेगरी हामी लागिरहेका छौं,’ कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले अभियानलाई बताए । उनका अनुसार अस्पतालबाट सीधै छूट दिनका लागि अहिले धमाधम सम्झौता भइरहेको छ । काठमाडौं उपत्यकाका सहित प्रदेशमा रहेका करीब १ सय ५ अस्पतालसँग छूट दिनेसम्बन्धमा अहिलेसम्म सम्झौता सम्पन्न भइसकेको छ । प्रदेश १ का २०, प्रदेश २ का १६, बागमती प्रदेशका २०, गण्डकीका आठ, लुम्बिनीका १४, कर्णालीका १० र सुदूरपश्चिमका १७ अस्पतालसँग सम्झौता गरिएको कोषका अधिकारीहरूले बताएका छन् । सम्झौता भएका अस्पतालको सूचीमा काठमाडौंका वीर, शिक्षण अस्पतालसमेत छन् । प्रत्येक प्रदेशमा कम्तीमा १० ओटा अस्पतालबाट छूट दिनेगरी सम्झौता योजना अघि बढाइएको र अहिले त्यसभन्दा बढी नै अस्पतालहरूसँग सम्झौता भइरहेको निर्देशक ज्ञवालीको भनाइ छ । ‘दोस्रो चरणको कोभिड शुरू भएको छ, बन्दाबन्दी भएन भने असारसम्ममा देशभरका अस्पतालहरूसँग सम्झौता गरेर साउनबाटै योगदानकर्तालाई छूट दिनेगरी अघि बढेका छौं,’ ज्ञवालीको भनाइ छ । सम्झौता भएका अस्पतालमा योगदानकर्ताले उपचार गराउँदा लागेको खर्च कोषले ‘सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि’ अनुसार छूट दिएको रकम कोषसँग दाबी गरेपछि अस्पतालले पाउनेछ । पछिल्लो समय सामाजिक सुरक्षा कोषले कार्यक्रमहरूलाई व्यवहारिक बनाउदै लगेको छ । यसले गर्दा आकर्षण पनि बढ्दो छ । २०७५ मङ्सिर ११ गते सञ्चालनमा आएको सामाजिक सुरक्षा योजनामा हालसम्म करीब १३ हजार ८ सय प्रतिष्ठानमा कार्यरत १ लाख ९८ जना योगदानकर्ता सहभागी भइसकेको सामाजिक सुरक्षा कोषले जानकारी दिएको छ ।

सम्बन्धित सामग्री

सामाजिक सुरक्षा कोष र आइएमईबीच सम्झौता

सामाजिक सुरक्षा कोष र आइएमईबीच वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजनाका लागि सम्झौता भएको छ । सो योजनाअन्तर्गत सामाजिक सुरक्षा कोषमा योगदान गर्ने प्रयोजनका लागि विदेशमा रहेका योगदानकर्ताबाट रकम संकलनको सेवा प्रदान गर्न यी दुई संस्थाबीच सम्झौता सम्पन्न भएको हो । सम्झौता पत्रमा सामाजिक सुरक्षा कोषका तर्फबाट कार्यकारी निर्देशक […]

सामाजिक सुरक्षा कोष पुनर्संरचना आवश्यक: मन्त्री श्रेष्ठ

काठमाडौँ– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले रोजगारदाता र योगदानकर्ताको आकर्षण बढ्ने गरी सामाजिक सुरक्षा कोष पुनःसंरचना गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्। सामाजिक सुरक्षा कोषको प्रभावकारी सञ्चालन र व्यवस्थापनबारे श्रममन्त्रालयमा आज आयोजित छलफल कार्यक्रममा मन्त्री श्रेष्ठले कोषप्रति रोजगारदाता कम्पनी र श्रमिकको आकर्षण बढाउनुपर्ने बताए। रोजगारदाता र योगदानकर्ताको आकर्षण बढाउन कोषका योजनालाई पुनरवलोकन गर्नुपर्ने मन्त्री […]

सामाजिक सुरक्षा कोष   पुर्नःसंरचना  आवश्यक : मन्त्री श्रेष्ठ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले रोजगारदाता र योगदानकर्ताको आकर्षण बढ्ने गरी सामाजिक सुरक्षा कोष पुनर्संरचना गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । सामाजिक सुरक्षा कोषको प्रभावकारी सञ्चालन र व्यवस्थापनबारे श्रम मन्त्रालयमा शुक्रबार आयोजित छलफल कार्यक्रममा मन्त्री श्रेष्ठले कोषप्रति रोजगारदाता कम्पनी र श्रमिकको आकर्षण बढाउनुपर्ने बताए ।रोजगारदाता र योगदानकर्ताको आकर्षण बढाउन कोषका योजनालाई पुनरावलोकन गर्नुपर्ने मन्त्री श्रेष्ठको भनाइ छ । कार्यक्रममा मन्त्रालयका सचिव एक

सामाजिक सुरक्षा कोष विरुद्ध एनआईसी एशिया बैंक कर्मचारी संघको विरोध कार्यक्रम

काठमाडौं । नेपाल सरकारले सुरु गरेको सामाजिक सुरक्षा कोष विभेदकारी र अन्यायपूर्ण रहेको भन्दै एनआईसी एशिया बैंक कर्मचारी संघले उक्त योजनाको विरोध गर्दै प्रदर्शन गरेको छ । संघले १८ गते देशैभरी एनआईसी एशिया बैंकका प्रमुख कार्यालय तथा प्रादेशिक कार्यालयहरूमा विभिन्न मागहरु राख्दै विरोध प्रदर्शन गरेको छ । एनआईसी एशिया बैंक कर्मचारी संघका अध्यक्ष सुमन थापाले एनआईसी एशिया बैंक कर्मचारी संघ यस योजनामा जाँदैनौ भन्ने नभइ योजनामा भएको विभेदको विरोध गरेको बताए । उनले आफूहरुको बुँदागत माग पुरा नहुँद

सामाजिक सुरक्षा कोष र बैंकहरूबीच टसल– बैंकर्सहरू आन्दोलित, कहाँ मिलेन कुरा ?

पछिल्लो समय सामाजिक सुरक्षा कोष र बैंकहरूबीचको विवाद उत्कर्षमा छ । बैंकका कर्मचारीहरू यथास्थितिमा कोषमा सहभागी हुन मानिरहेका छैनन् । कार्यविधि नै संशोधन गरेर आफूहरूका माग सम्बोधन हुनुपर्ने उनीहरूको अडान छ । मंगलवारबाट अधिकांश बैंकका कर्मचारीहरूले आन्दोलन शुरू गरिसकेका छन् । आन्दोलनरत कर्मचारीहरूले अदालतमा मुद्दा समेत दायर गर्ने तयारी गरेका छन् । ‘माग सम्बोधन गर्नेतर्फ कोषले कुनै पनि कदम चालेन, त्यसकारण हामी अहिले डकुमेन्टेसनको काममा छौं । केही दिनमा अदालतमा मुद्दा दायर गर्ने तयारी भइरहेको छ,’ वित्...

सामाजिक सुरक्षा कोष ऐच्छिक बनाउन माग

काठमाडौं, असार ९ । योगदानमा आधारित सामाजिक सुरक्षा कोष (एसएसएफ) मा आबद्ध हुन अधिकांश बैंकका कर्मचारीहरू उत्साहित देखिएका छैनन् । असार मसान्तभित्र कोषमा अनिवार्य आबद्ध हुन भनेपछि बैंकका कर्मचारीहरूले स्वैच्छिक गर्न दबाब दिँदै आएका छन् । बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति भएको झूटो विवरण पेश गरेर सबैलाई बाध्यकारी बनाउन खोजेको वित्तीय कर्मचारी संघहरूले आरोप लगाएका […]

सामाजिक सुरक्षा कोष र बैंक कर्मचारीबीच विवाद

सामाजिक सुरक्षा कोष र बैंक तथा वित्तीय संस्थाका कर्मचारीबीच सूचीकरणको विषयमा विवाद देखिएको छ ।यसअघिदेखि नै केही प्रतिष्ठानबाट राम्रो सेवासुविधा र सामाजिक सुरक्षा पाइरहेका बैंक तथा वित्तीय संस्थाका कर्मचारीले तत्काल योगदानमा आधारित सामाजिक सुरक्षा योजना नजाने बताएसँगै विवाद देखिएको हो । योगदानमा आधारित सामाजिक सुरक्षा ऐन र नियमावली अनुसार कोषले योजनामा सामेल हुन बैंक तथा […]