काठमाडौँ: मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि थ्री स्टार क्लबले जितेको छ। कैलालीको धनगढीस्थित क्षेत्रिय रंगशालाको खेलमैदानमा शनिबार भएको फाइनलमा अघिल्लो संस्करणको विजेता मनाङ मर्स्याङदी क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै थ्री स्टारले उपाधि जितेको हो।
पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा बिक्रम लामा र अनिल महर्जनको गोलमा थ्रीस्टारले उपाधि जितेको हो।…