काठमाडौँ- तीन तल्ला माथिबाट विद्युतीय कार खस्दा चीनमा दुई जनाको मृत्यु भएको छ । चीनको साङ्घाइमा रहेको कार निर्माता कम्पनी नियोको मुख्यालयस्थित तेस्रो तल्लाबाट विद्युतीय कार खसेको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार उक्त कम्पनीको कार परीक्षण केन्द्र मुख्यालय रहेको भवनको तेस्रो तल्लामा थियो । घटनामा मृत्यु हुनेमा कम्पनीका एकजना कर्मचारी एवम् अर्को साझेदार कम्पनीसँग […]
इजरायलमा सन् २०२१ मा विद्युतीय कार प्रयाेग गर्नेको सङ्ख्या झण्डै चार सय प्रतिशतले वृद्धि भएको छ । इजरायलको केन्द्रीय तथ्याङ्क ब्युरोले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार सन् २०२० मा इजरायलमा दुई हजार सात सय ८३ वटा विद्युतीय कार रहेकामा सन् २०२१ को अन्त्यमा विद्युतीय कारको सङ्ख्या १३ हजार नौ सय ३९ पुगेको छ ।
यस्तै सन् २०२० मा ट्रक, बस र मोटरसाइकलसहित कुल चार हजार चार सय ९१ वटा विद्युतीय सवारी साधन रहेकोमा सन् २०२१ को अन्त्यमा १६ हजार दुई सय ५१ पुगेको छ । बढ्दो पेट्रोलियम मूल्य र जलवायु परिवर्तनको असरबारे सचेतना अभिवृद्धि...
निजी क्षेत्रबाट सञ्चालित धनगढीको एक्सीस विद्याश्रमका विद्यार्थीले चार पाङ्ग्रे विद्युतीय कार निर्माण गरेका छन् ।
यस विद्यालयको कक्षा दशमा अध्ययनरत विद्यार्थी रोहित ऐर, ऋषिकेश थापा, आदित्य जोशी र सक्षम रेग्मीले विद्युतीय कार निर्माण गरेका हुन् ।
झन्डै चार महिना लगाएर निर्माण गरिएको कारको लागत एक लाख ५० हजार रुपैयाँ रहेको विद्यार्थीले बताएका छन् । कारको नाम...
खाजा खर्च जोगाएर ‘विद्युतीय कार’ बनाउने विद्यार्थीहरुलाई डोटेली चलचित्र ‘नन्दी’ का निर्माता तथा नायक विनोद बोहरा ‘बोग्टानी किङ’ले आर्थिक सहयोग गरेका छन्।...
सुदूरपश्चिम, ११ पुस: निजी क्षेत्रबाट सञ्चालित धनगढीको एक्सीस विद्याश्रमका विद्यार्थीले बनाएको चार पाङ्ग्रे विद्युतीय कार । कक्षा १० मा अध्ययनरत विद्यार्थी रोहित ऐर, ऋषिकेश थापा, आदित्य जोशी र सक्षम रेग्मीले सो कार निर्माण गरेका हुन् ।-तस्वीर : सिद्धराज भट्ट-रासस
निशानले विद्युतीय कार 'निशान लिफ' सार्वजनिक गरेको छ। निशानको लागि नेपालको आधिकारिक वितरक पायोनियोर मोटोकर्पले बुधबार फेसबुक लाइभमार्फत 'निशान लिफ' नेपाली बजारको लागि सार्वजनिक गरेको हो।
वासिङ्टन । अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सन् २०२० मा ठूलो संख्यामा विद्युतीय कार बिक्री गरेको छ । कम्पनीले सन् २०२० मा करिब ५ लाख कार बिक्री गर्ने लक्ष्य राखेको थियो । टेस्लाका अनुसार वर्षभरिमा ४ लाख ९९ हजार ५५० थान कार बिक्री भएको छ । कम्पनीले ५ लाख ९ हजार ७३७ थान कार उत्पादन गरेको थियो । टेस्लाका प्रमुख इलोन मस्कले कम्पनीका लागि यो निकै महत्वपूर्ण कोशेढुंगा भन्दै सन्तोष व्यक्त गरेका छन् । मस्कले ट्वीट गर्दै आफ्ना विद्युतीय कारले बजारमा १० प्रतिशत मात्र सफलता प्राप्त हुने