आफूहरूमाथि गर्न लागिएको निस्कासनको कारवाही रोक्न माग गर्दै नेकपा एमाले झलनाथ खनाल–माधवकुमार नेपाल पक्षले दायर गरेको रिट आइतवार सर्वोच्च अदालतको पेशीमा चढेको छ ।
निर्वाचन आयोग बहादुर भवन समेतलाई विपक्षी बनाएर दायर गरिएको रिट न्यायाधीश प्रकाश कुमार ढुंगानाको इजलासमा परेको छ ।
नेपाल पक्षले दायर गरेको रिटअघि इजलासमा अन्य धेरै मुद्दा रहेकाले आइतवार नै सुनुवाइ हुने/नहुने भने अन्यौल छ ।
आफूसहितका २७ सांसदलाई स्पष्टिकरण सोधिएपछि नेता नेपालसहित ४ जना नेता सर्वोच्च अदालत गएका थिए ।&...