सिमेन्ट उद्योगले जथाभावी उत्खनन् गर्दा बगर बने खेत

२६ असार, दाङ । किसानलाई रोपाइँ गर्न भ्याइ नभ्याइ भइरहेको बेला दाङको बंगलाचुली गाउँपालिका-६ रिभानका खिमबहादुर महरा भने निराश छन् । खेती हुने ९ रोपनी जग्गा घर छेउँकै दाङबाङ खोलाले खाइदिएपछि उनले यस वर्ष धान खेती गर्न पाएनन् । कारण हो, सिमेन्ट उद्योगहरुले जथाभावी गरेको चुनढुंगा उत्खनन् । गाउँको माथिल्लो भेगमा सिमेन्ट उद्योगहरुले १० वर्षदेखि […]

सम्बन्धित सामग्री

लाखौं खर्चेर किनेको खेत हेर्दाहेर्दै बन्यो बगर

छोराले कुवेतमा मेहनत गरेर कमाएको पैसा लम्सालले खेतमा लगानी गर्नुभयो। असार २२ गते आएको बाढीले पाँच रोपनी खेत हेर्दाहेर्दै बगर बनाइदिएको भन्दै लम्सालले अब के खाने भन्ने चिन्ताले पिरोलेको बताउनुभयो।

डेढ दशकअघि बाढीले पुरेपछि खेत बनाइएको १४४ बिघाको ताल ब्युँताइँदै

कैलालीको भजनी नगरपालिका– ७, लालबोझीमा मोहना नदीको बाढीले पुरेपछि खेत बनेको एक सय ४४ बिघाको पुरैना ताल ब्युँताउन थालिएको छ । ०६४ को बाढीले ताल पुरेर बगर बनाएपछि अतिक्रमणमा परेको ताललाई...

चुनढुंगा उत्खनन्ले सबै बगर

दाङको पहाडी क्षेत्रमा रहेको बंगलाचुली गाउँपालिका-६ रिभान गाउँका किसानले वर्षौंदेखि धानखेती गर्दै आएको खेत दाङबाङ खोलामा आएको बाढीका कारण बगरमा परिणत हुन पुगेको छ । सिमेन्ट उद्योगले जथाभावी चुनढुंगा उत्खनन् गर्दा खेती गर्दै आएको जग्गा बगर परिणत भएको स्थानीय बासिन्दा बताउँछन् । पहिरो खसेर जमिन पुरेपछि स्थानीय धान गर्नबाट वञ्चित हुन पुगेका छन् । घोराही […]

लोकमार्गबाट झरेको बाढीले बगर भयो खेत

२६ भदौ, बलेवा । लगातारको वर्षातका कारण आएको बाढीले बागलुङको गलकोट क्षेत्रमा किसानको खेतबारी बगाएर बगर बनाएको छ । खेतबारी बगाउँदा किसानको करोडौँको बालीनाली नष्ट भएको छ । गत असारमा आएको बाढीबाट पशुचौपाया बगाएर क्षति पुर्‍याएको थियो । त्यसको एक सातामा आएको बाढी पहिराले दुई सय रोपनी बढी जमिन बगर बनाएको स्थानीय किसानले गुनासो गरे […]

धान रोपेको खेत बगरमा परिणत भएपछि…

बागलुङमा अविरल वर्षाका कारण ठूलो मात्रामा भौतिक क्षति पुगेको छ । मानो रोपेर मुरी उब्जाउने समयमा बाढीले भर्खर धान रोपेको खेत पुरेको छ । बागलुङ नगरपालिका–९ तित्याङमा धान रोपेको खेत बाढीले बगर बनाएको छ । तित्याङस्थित ठेउरे खोला थुनिएर इकिमको फाँटमा पुग्दा १५० रोपनीभन्दा बढी खेतमा लगाएको धानबाली पुरेको छ । किसानले यही असारमा लगाएको …

खेत बगरमा परिणत भएपछि…

काठमाडौँ,२२ असार । मानो रोपेर मुरी उब्जाउने समयमा बाढीले भर्खर धान रोपेको खेत पुरेको छ । बागलुङमा अविरल वर्षाका कारण ठूलोमात्रामा भौतिक क्षति पुगेको छ । बागलुङ नगरपालिका–९ तित्याङमा धान रोपेको खेत बाढीले बगर बनाएको छ । तित्याङस्थित ठेउरे खोला थुनिएर इकिमको फाँटमा पुग्दा १५० रोपनीभन्दा बढी खेतमा लगाएको धानबाली पुरेको छ । किसानले यही […]

बाढीले जेठमै बगायो ३५ सय रोपनी खेत

पालुङटार–९ का चक्रबहादुर लामाको साठीमुरे खेत तीन वर्षअघि साउन ५ गते चुक्ती खोलाको बाढीले बगर बनायो। हिउँदभरि मोहियाहरू(सँधियार) मिलेर अमिन झिकाई खोलाघर छुट्ट्याए। मोहियाको साँधसीमा छुट्याए। एस्काभेटर लगाई खोलालाई आफ्नै बाटोमा लगाए। तारजाली लगाएर छेकबार गरे। यति गर्दा १ लाख रुपैयाँ खर्च भयो। मेसिन लगाएर जग्गा सम्याए र रोपाइँ गरे। रोपाइँकै राति अर्थात् गत असार १६ गते घनघोर वर्षा भयो।खेत फेरि बगर पल्ट्यो। फेरि हिउँदभर बगरलाई खेत बनाए। रोपाइँको तयारी थियो। तर, यसपटक पनि जेठ २७ गतेको

गरिखाने खेत बगर बन्दा…

बस्तीको खेतीयोग्य जमिन बालुवाले पुरिँदा किसान खेतबारी लगाउन नसक्ने अवस्थामा पुगेका वडाध्यक्ष सुनारको भनाइ छ ।

बाढीले काभ्रेका धानखेत एकै रातमा बनायो बगर

काभ्रे : धान रोपेको केही साता नबित्दै खेत बगरमा परिणत भएका छन्। आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढीले जिल्लाको मण्डनदेउपुर नगरपालिकाका अधिकांश क्षेत्रका लहलह धानखेत बगरमा परिणत भएका हुन्।मण्डनदेउपुर नगरपालिकाका मेयर टोकबहादुर वाईबाले सयौं रोपनीमा लगाएको धानबाली बाढीले पूरै नष्ट गरेको बताए। उनका अनुसार चाखोला फाँट, जैसीथोक फेदी फाँट, चनौटे फाँटलगायत क्षेत्रमा रोपिएको धान बगर बनेको छ।नगरकोट क्षेत्रमा अत्यधिक वर्षापछि चाखोलामा आएको बाढीले खेत बगर बनाएपछि यहाँका सयौं कि

खहरेले सयौं बिघा खेत बगर

चुरेबाट निस्कने खहरेले बगाएर ल्याउने गेग्रानले यो वर्ष जिल्लाको सयौं बिघा खेत पुरेको छ । कमलामाई नगरपालिका–१ का किसान गणेश कार्कीले खहरेले पुरेको खेतलाई सम्याएर खेती गर्न थालेको ३ वर्ष पनि नबित्दै खेत फेरि बगर बनेको छ । चुरेबाट निस्केको मछिने खहरेले उनको १० कट्ठा खेतलाई बगर बनाएको हो ।