चुरेबाट निस्कने खहरेले बगाएर ल्याउने गेग्रानले यो वर्ष जिल्लाको सयौं बिघा खेत पुरेको छ । कमलामाई नगरपालिका–१ का किसान गणेश कार्कीले खहरेले पुरेको खेतलाई सम्याएर खेती गर्न थालेको ३ वर्ष पनि नबित्दै खेत फेरि बगर बनेको छ । चुरेबाट निस्केको मछिने खहरेले उनको १० कट्ठा खेतलाई बगर बनाएको हो ।