चुनावबारे जानकारी दिन निर्वाचन आयोगको निःशुल्क कल सेन्टर

काठमाडौं : निर्वाचन आयोगले कल सेन्टर सञ्चालनमा ल्याएको छ।आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसम्बन्धी जिज्ञासा सम्बोधन गर्न सो कल सेन्टर सञ्चालन गरिएको आयोगले जनाएको छ। कल सेन्टरमा फोन गर्दा शुल्क लाग्दैन। कल सेन्टरबाट सेवा लिन निःशुल्क ११०२ टोल फ्री नम्बरको पनि व्यवस्था गरिएको छ।कान्तिपथस्थित आयोगको कार्यालयमा  शुक्रबार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कल सेन्टर र ई–बुलेटिनको उद्घाटन गर्दै त्यसबाट लाभ लिन  सबैसँग अनुरोध गरे। त्यस

सम्बन्धित सामग्री

कल सेन्टरबाट आएका एक हजार २५ जिज्ञासाको सम्बोधन : निर्वाचन आयोग

निर्वाचन आयोगले विभिन्न कल सेन्टरबाट प्राप्त जिज्ञासामध्ये एक हजार २५ वटाको समाधान गरेको जनाएको छ । आयोगले ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि सञ्चालनमा ल्याएको पैसा नलाग्ने कल सेन्टर ११०२ मा आएका अधिकांश गुनासा र जिज्ञासाको सम्बोधन भएको जनाएको छ ।गत २८ असोजदेखि सञ्चालनमा आएको सो कल सेन्टर सेवामा ७ कात्तिकसम्म आएका कुल एक हजार पाँच सय दुई कलमध्ये एक हजार एक सय ९७ वटा कल रिसिभ भई एक हजार २५ वटा कलबाट आएका जिज्ञासालाई समाधान गरिएको उसले जनाएको छ । आयोगका अनुसार

मतदानका दिन नियोकले ‘पर्यवेक्षण कल सेन्टर’ स्थापना गर्ने

काठमाडौँ । स्थानीय तह निर्वाचन पर्यवेक्षण प्रक्रियालाई थप वैज्ञानिक, यथार्थ एवं तथ्यपरक बनाउन राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) ले राष्ट्रियस्तरमा ‘पर्यवेक्षण कल सेन्टर’ स्थापना गर्ने भएको छ ।      मतदानका दिन स्थलगत रूपमा खटिएका पर्यवेक्षकसँग नियमित एवं प्रत्यक्ष सम्पर्क स्थापना गरी सूचना संकलन र सम्प्रेषणलाई जीवन्त एवं विश्वसनीय बनाउन सेन्टर स्थापना गर्न लागिएको नियोकका अध्यक्ष प्रा. कपिल श्रेष्ठले जानकारी दिए ।      कल सेन्टर सञ्चालनमा प्राविधिक विज्ञ तथा तालिम प्राप्त सूचना संकलक गरी ६० देखि ६५ जनाको जनशक्ति व्यवस्था गरिने पनि नियोकले जानकारी दिएको छ । मतदानस्थलमा कुनै अप्रिय घटना भएमा सोको विवरण कल सेन्टरमा राखिएका दुईवटा नम्बरमा जानकारी गराउने व्यवस्था मिलाइएको छ । यसका लागि नियोकले ९८००८३४१४७ र ९८४१४५५५०४ गरी दुई वटा हटलाइन नम्बर उपलब्ध गराएको नियोकका महासचिव देविकानन्द तिमल्सिनाले बताए । दुवै नम्बर वैशाख ३० गते निर्वाचनका दिन २४ सै घण्टा खुला रहने छ ।      नयाँबानेश्वरको अल्फा हाउसमा सञ्चालन गरिने कल सेन्टरमा सञ्चारकर्मीका लागि मिडिया सेन्टर पनि स्थापना गरिने भएको छ । मिडिया सेन्टरमा बिहान १०:३०, अपराह्न २:३० र साँझ ७:३० बजे पर्यवेक्षणसम्बन्धी जानकारी दिन पत्रकार सम्मेलनको आयोजनासमेत गरिने भएको छ ।       स्वतन्त्र, निष्पक्ष, मर्यादित, भयरहित र शान्तिपूर्ण निर्वाचन नै लोकतन्त्रको आधारशीला भएकाले स्थानीय तहको निर्वाचन इमान्दारी, जिम्मेवारी र जवाफदेहीरूपमा सम्पन्न गराउन नियोकले निर्वाचन आयोग, सरकार, राजनीतिक दल, उम्मेदवारलगायत सरोकार भएका सबैमा आह्वान गरेको छ ।      नियोकले सात प्रदेशका ७७ वटै जिल्लामा एक हजार ३०० पर्यवेक्षक खटाउने भएको छ । पर्यवेक्षकका लागि प्रशिक्षण र परिचयपत्र उपलब्ध गराउनेलगायत तयारी अन्तिम चरणमा पुगेको अध्यक्ष श्रेष्ठले बताए ।      नियोकले मंगलवार राति १२ बजेदेखि शुरू भएको मौन अवधिको पनि पर्यवेक्षण देशभर भइरहेको बताएको छ । निर्वाचनसम्बन्धी अन्य क्रियाकलापको पनि पर्यवेक्षकले सूक्ष्म रूपमा पर्यवेक्षण एवं विश्लेषण गरिरहेको बताइएको छ । रासस