निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि स्थापना गरिएको ‘कल सेन्टर’ आजदेखि औपचारिकरुपमा सञ्चालनमा ल्याइएको छ । निर्वाचनका सिलसिलामा नागरिक, मतदाता र सरोकारवालाको जिज्ञासा, गुनासो, उजुरी र प्रश्नलाई आयोगका तर्फबाट सम्बोधन गर्न उक्त कल सेन्टर सञ्चालनमा ल्याइएको हो । विगतमा ११ अङ्क नम्बर रहेको टोलफ्री सञ्चालनमा आएकामा सेवाग्राहीको हितलाई ध्यानमा राखेर …