नर्वेको दूतावासमा पसे तालिबान लडाकू, फुटाइदिए रक्सीका बोतल

अफगानिस्तानको राजधानी काबुलमा रहेको नर्वेको दूतावासमा तालिबान लडाकूहरू प्रवेश गरी कब्जामा लिएका छन् ।  त्यहाँ राखिएका रक्सीका सबै बोतल फुटाएपछि मात्र निस्कने उनीहरूले बताएका छन् । दूतावासमा रहेका बच्चाहरूको किताब पनि उनीहरूले च्यातिदिएका छन् ।  इरानमा नर्वेका राजदूत सिगवाल्ड हेगले यसको जानकारी दिएका हुन् ।  दूतावासभित्र तालिबान लडाकूहरूले बन्दूकका साथ प्रवेश गरेको तस्वीर सामाजिक सञ्जालमा खुबै शेयर गरिएको छ ।  यसैबीच तालिबानको कैदबाट छुटेका पत्रकारहले आफूहरूमाथि निकै कुटपिट गरिएको बत...