गण्डकी प्रदेशको मुख्यद्वार तनहुँको आवुँखैरेनी गाउँपालिकाको मुग्लिङबाट गण्डकी प्रदेशका जिल्लाहरुमा प्रवेश गर्ने सम्पुर्ण सवारी साधानहरु निसंक्रमण गरेर मात्र प्रवेश गर्ने व्यवस्था मिलाईएको छ ।
कोरोना भाइरसको संक्रमण फैलन नदिनकालागि उच्च सतर्कता अपनाउने क्रममा सवारी साधन र त्यसमा सवार यात्रुलाई स्यानेटाइज गरेर मात्र प्रवेश गर्न दिईने भएको छ ।