कर्णालीमा एमालेको घोषणा : सरकार बनाउने वा गिराउने पक्षमा हामी छैनौँ

यति बेला कर्णाली प्रदेशको राजनीति पुनः तातिएको छ । सरकार फेरबदलको कुराले सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसबीच मतभेद देखिएको छ । गत वैशाख ३ मा महेन्द्रबहादुर शाहीले विश्वासको मत लिँदै गर्दा उनलाई साथ दिएको नेपाली काँग्रेसले पूर्व सहमति अनुसार जुनसुकै हालतमा पनि मुख्यमन्त्री पाउनुपर्ने अडान लिएको छ भने माओवादी पक्षले केन्द्रीय गठबन्धनको निर्णय कुरिरहेको छ । गत वैशाख २ मा प्रदेशमा दुई पार्टीबीच आलोपालो गर्ने सहमति भएको थियो । तर अहिले बनेको केन्द्रीय गठबन्धनलाई हेर्दा कर्णाली

सम्बन्धित सामग्री

कर्णाली सरकार गठनका लागि शक्ति केन्द्र धाउँदै नेताहरु

सुर्खेत – कर्णाली प्रदेशमा समानुपातिकको अन्तिम परिणाम घोषणा नहुँदै सरकार गठनका विषयमा शीर्ष नेतालाई भेट्न काठमाडौँमा लर्को लाग्न थालेको छ। प्रदेश सरकार गठनका लागि राजनीतिक दलका प्रदेश समितिले गरेका निर्णय केन्द्रले नमान्ने भएकाले आफ्नो पक्षमा लबिङ सुरु भएको हो। नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले कर्णालीमा सरकार बनाउन गृहकार्य गरिरहेका छन्। कर्णाली प्रदेश सभाका […]

श्रमिकलाई छैन चुनावी रौनक : जसको सरकार बने पनि विदेश नगई खान पुग्दैन

काठमाडौं : प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचन आउन ९ दिनमात्र बाँकी छ। देशभर निर्वाचनको वातावरण बनेको छ। उम्मेदवारहरू आफ्नो पक्षमा मत माग्न गाउँबस्ती धाइरहेका छन्। देशका सशक्त युवा तथा मतदाता भने रोजगारीको खोजीमा विदेशिन बाध्य छन्। राजनीतिक दलले हरेक पटकको निर्वाचनअगाडि स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने लोकप्रिय घोषणा गर्छन् तर चुनावपछि यो विषय उठाउँदैनन्। त्यसैले नेपाली युवा रोजी रोटीको जोहो गर्न खाडीमा पसिना बगाउन बाध्य छन्।  मतदान गर्ने दिन नजिकिए

रवि लामिछाने भाषण गरिरहे, समर्थकले हुटिङ गरिरहे (तस्बिरहरु)

राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका रवि लामिछानेले आफू व्यवस्था बदल्न नभइ देशभित्र रहेका बेथितिलाई हटाउन राजनीतिमा आएको बताएका छन् । मंगलबार राजधानीमा आयोजित पार्टी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू इमान्दारीताका साथ जनताको पक्षमा लागिपर्ने बताए ।उनले अब जसको भिजन उसैको सरकार हुने भन्दै उमेर पुगेपछि सत्ता नभइ वृद्ध भत्ता पाइने भएकाले युवापुस्ता राजनीतिमा आउनुपर्ने बताए । उनले भाषण गरिरहँदा समर्थकले उनको पक्षमा चर्को हुटिङ गरेका थिए । उनीहरुले रवि दाइ हाइहाइ, रवि लामिछाने जिन्दावा

बजेटबाट कपडा उद्योगी निराश, स्वदेशी उद्योग संरक्षणमा सरकार उदासीन देखियो

कपडा उद्योगीहरूले सरकारद्वारा प्रस्तुत आर्थिक वर्ष २०७९–८० को बजेटबाट आफूहरू निराश भएको बताएका छन् । नीति तथा कार्यक्रम र बजेटमार्फत स्वदेशी वस्तुको उत्पादन तथा उपभोग दशक घोषणा गरेको सरकारले स्वदेशी कपडा उद्योगका समस्यालाई पूर्णरुपमा उपेक्षा गरेको व्यवसायीहरूको निष्कर्ष छ ।नेपाल कपडा उद्योग संघले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी बजेटले स्वदेशी कपडा उद्योगका पक्षमा कुनै पनि […]

बजेटसमेत पेश गर्न नसकेका ११ स्थानीय सरकार

काठमाडौं : सरकारले आगामी ३० वैशाखलाई स्थानीय निर्वाचनको मिति घोषणा गरेको छ। निर्वाचनका लागि राजनीतिक दल तथा स्थानीय तहका जनप्रतिनिधिको दौडधूप शुरु भएको छ। स्थानीय निर्वाचनमा जितेका नेता तथा कार्यकर्ता यतिवेला फेरि उम्मेदवारी दिने भन्दै आफ्ना पक्षमा माहोल बनाउन र मत माग्न गाउँ बस्ती पस्न थालेका छन्। ५ वर्षे कार्यकालमा सार्वजनिक हितका खासै काम गर्न नसकेका जनप्रतिनिधि आगामी चुनावका लागि फेरि उठ्ने तयारी गरिरहेका छन्।जनप्रतिनिधिले 'गाउँ-गाउँमा सिंहदरबार'को सपना

कि सरकार छोड्नुहोस् कि एमसीसी रोज्नुहोस् : खतिवडा

नेपाली काँग्रेसका प्रभावशाली नेता तथा पूर्व सभासद् रामहरि खतिवडाले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले कि त एमसीसीको पक्षमा उभिनुपर्‍यो होइन भने सरकार तत्काल छोड्नुपर्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले अहिले मुलुक स्थानीय तहको निर्वाचनतर्फ केन्द्रित हुनुपर्नेमा एमसीसीको कारण राजनीति अर्कैतर्फ मोडिएको सुनाए । उनले भने,“स्थानीय तहको निर्वाचनको मिति घोषणा भैसकेको छ। अहिले सबै दल त्यतातिर केन्द्रित हुनुपर्ने हो । तर, अहिले ह

दिल्लीपछि पञ्जाबमा सरकार बनाउन खोज्दै आप, अरविन्द केजरीवालको यस्तो घोषणा

भारतको राजधानी नयाँदिल्लीमा सरकार चलाइरहेको आम आदमी पार्टी (आप) अब पञ्जाबमा समेत सरकार बनाउन खोज्दैछ । चुनाव हुनुअघि भइरहेका मत सर्वेक्षणमा आप पार्टीले विधानसभा चुनावमा राम्रो नतिजा ल्याउने अनुमान सार्वजनिक भइरहेका छन् । आपका प्रमुख तथा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले चुनावपछि पञ्जाबमा भगवंत मानलाई मुख्यमन्त्री बनाउने घोषणा गरेका छन् । भगवंतलाई आपले मुख्यमन्त्रीको रूपमा प्रस्तुत गरेको छ । आपले जनताबाट प्रस्तावित मुख्यमन्त्रीबारे राय माग्दा ९३.३ प्रतिशतले भगवंतको पक्षमा मत दिएका केजरीवाललाई उदृत गर्दै भारतीय सञ्...

गण्डकीमा काँग्रेस नेतृत्वको सरकार बन्ने बाटो खुल्यो

गण्डकी प्रदेशमा काँग्रेस नेतृत्वको सरकार बन्ने बाटो खुलेको छ । युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले पदबाट राजीनामा दिएसँगै काँग्रेसको नेतृत्वमा सरकार बन्ने बाटो खुलेको हो ।  बिहीबार पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकार विश्वासको मत प्राप्त गर्न नसकेर ढलेको थियो ।मुख्यमन्त्रीले विश्वासको मत लिँदा पक्षमा २७ र विपक्षमा ३० मत खसेको थियो । मनाङले  मन्त्री पदबाट राजीनामा दिएर सघाउने घोषणा गरेपछि ३१ मत पुगेको छ । यससँगै गण्डकीमा विपक्षी गठबन्धनलाई बहुमत पुगेको छ । योसँगै संविध

गण्डकी प्रदेश सरकार धरापमा

गण्डकी प्रदेश सरकारलाई चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले दिँदै आएको समर्थन फिर्ता लिएको छ । पार्टी अध्यक्ष चित्रबहादुर केसीले बुधबार वक्तव्य जारी गरेर प्रदेश सरकारलाई दिइएको समर्थन फिर्ता लिइएको घोषणा गरेका हुन् ।मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध आउने अविश्वास प्रस्ताव पक्षमा मतदान गर्नेगरी सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको वक्तव्यमा उल्लेख छ ।यसअघि, जनमोर्चाले प्रतिनिधिसभा विघटन गरेका केपी ओली नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएको घोषणा गरे पनि गुरुङ

सत्ताको नेतृत्व गरिरहेका ओलीले भने : हाम्रो पक्षमा फैसला नआए आन्दोलन

विराटनगर : प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाखमा आफ्नो सरकारले घोषणा गरेको निर्वाचनमा जित्नैपर्ने बताएका छन्। विराटनगरमा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले स्थिरताका लागि प्रतिनिधिसभा विघटन गरेको भन्दै अबको निर्वाचनमा पनि आफ्नै पार्टी जित्नुपर्ने बताएका हुन्। 'केही गरी प्रतिनिधिसभा पुनर्स्थापना भयो भने बहुमतको सरकार रहँदैन। अनि फेरि सांसद किनबेच, फेरि समीकरण। फेरि सरकार ढाल्ने…