राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका रवि लामिछानेले आफू व्यवस्था बदल्न नभइ देशभित्र रहेका बेथितिलाई हटाउन राजनीतिमा आएको बताएका छन् । मंगलबार राजधानीमा आयोजित पार्टी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू इमान्दारीताका साथ जनताको पक्षमा लागिपर्ने बताए ।उनले अब जसको भिजन उसैको सरकार हुने भन्दै उमेर पुगेपछि सत्ता नभइ वृद्ध भत्ता पाइने भएकाले युवापुस्ता राजनीतिमा आउनुपर्ने बताए । उनले भाषण गरिरहँदा समर्थकले उनको पक्षमा चर्को हुटिङ गरेका थिए । उनीहरुले रवि दाइ हाइहाइ, रवि लामिछाने जिन्दावा