काठमाडौं : प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचन आउन ९ दिनमात्र बाँकी छ। देशभर निर्वाचनको वातावरण बनेको छ। उम्मेदवारहरू आफ्नो पक्षमा मत माग्न गाउँबस्ती धाइरहेका छन्। देशका सशक्त युवा तथा मतदाता भने रोजगारीको खोजीमा विदेशिन बाध्य छन्। राजनीतिक दलले हरेक पटकको निर्वाचनअगाडि स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने लोकप्रिय घोषणा गर्छन् तर चुनावपछि यो विषय उठाउँदैनन्। त्यसैले नेपाली युवा रोजी रोटीको जोहो गर्न खाडीमा पसिना बगाउन बाध्य छन्। मतदान गर्ने दिन नजिकिए